फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
'डिजेलबाट चल्ने मिलमा एक पाथी धान कुटेको रु आठ लाग्थ्यो, अहिले रु तीनमा एकै छिनमा कुटेर सकिन्छ', ताकमका ठाकुरप्रसाद पौडेलले भने, 'बिजुली आएपछि हाम्रो दैनिकीमा धेरै परिवर्तन आयो ।'
म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा केन्द्रीय प्रसारण लाइन विस्तारसँगै सञ्चालन भएको कुटानी पिसानी मिलबाट समय र नगदको बचत गरेको पौडेलले बताए । 'बिजुलीले दुर्गम गाउँमा पनि सुगमको जस्तै सुविधा भएको छ', स्थानीय ईश्वरी आचार्यले भने, 'मोही पार्ने, भात पकाउन विद्युतीय उपकरण भएपछि दाउरा खोज्ने, ग्याँस किन्ने झन्झट र धुँवाको दुःख हरायो ।'
बिजुली पुगेपछि ताकमका तोरण थापाले फर्निचर उद्योग खोलेका छन् । उद्योगमा उनीसँगै पाँच जनाले काम गर्छन् । यसअघि डिजेलबाट जेनेरेटर चलाएर फर्निचर उद्योग चलाउँदै आएका थापाले विद्युत् विस्तार भएपछि लागत र समय घटेको बताए ।
गाउँमा बिजुली बलेपछि फर्निचर, कुटानी पिसानीलगायत उद्योग खुल्ने क्रम बढेको उद्योग वाणिज्य सङ्घ धवलागिरि एकाइ समितिका सभापति किरण थापाले बताए । ताकममा गाउँपालिकामै पहिलोपटक विद्युतीकरण भएको हो । यसअघि गाउँले उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए ।
मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, रेडियो सुन्न, ल्यापटप, कम्प्युटर, इमेल इन्टरनेट चलाउन सजिलो भएको छ । बिजुलीको उज्यालोसँगै घरायसी कामकाज सहज, उद्योग व्यवसाय सञ्चालन गरेर आयआर्जनको अवसर सिर्जना भएको छ । नेपाल विद्युत् प्राधिकरण र धवलागिरि गाउँपालिकाको साझेदारीमा ताकमका ७७७ घरधुरीमा विद्युतीकरण भएको हो । धारापानीका २०१ घरधुरीमा गत वर्ष बिजुली बालिएको थियो ।
ताकम, हिलापोखरी, आटेबिर, आरखोला, काफलडाँडा, शिवाङ र मच्छिमका ५७६ घरधुरीमा यसपटक विद्युतीकरण गरिएको उपभोक्ता समितिका अध्यक्ष प्रगति कार्कीले बताए । उनका अनुसार विद्युतीकरण गर्न गत वर्ष गाउँपालिकाले रु ७३ लाख विनियोजन गरेकामा रु ६९ लाख खर्च भएको थियो ।
मुख्य लाइन, ट्रान्सफर्मरलगायत उपकरण खरिद र विस्तारको काम विद्युत् प्राधिकरणले ठेक्कामार्फत गरेको थियो । धवलागिरि गाउँपालिकामा विद्युतीकरणका लागि सङ्घीय सरकारले गत वर्ष रु चार करोड ५० लाख विनियोजन गरेको थियो । यस वर्ष विनियोजन भएको रु दुई करोड ८१ लाख बजेटबाट मुना, मुदी, लुलाङ र मराङमा विद्युतीकरणको तयारी भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख माधव महतले बताए ।
एक हजार ७०० घरधुरीको बसोबास रहेको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको मराङ, मल्कवाङ, खिवाङ, लुलाङ, मुना र गुर्जामा लघुजलविद्युत् परियोजना सञ्चालन गरिएको छ । बगरमा गत कात्तिकमा सौर्य ऊर्जामार्फत विद्युतीकरण भएको थियो । केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जामार्फत गाउँपालिकाको सबै घरलाई उज्यालो बनाउने योजना अघि सारिएको अध्यक्ष थमसरा पुनले बताए । सन्तोष गौतम,रासस
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...