न्युजील्यान्डका खेलाडीले आफ्नो परिवारलाई कारमा आगो लगाएर मारे

न्युजील्यान्डमा रग्बी खेलका पूर्वखेलाडी रोवान ब्याक्सटर, उनकी पत्नी र उनीहरूका तीन सन्तानको मृत्यु अस्ट्रेलियाको ब्रिसबेनमा भएको छ । ब्याक्सटर आफैंले कारमा आगो लगाएका हुन् । 

अकल्यान्डको न्युजील्यान्ड वारियर्स टीमका पूर्व सदस्य ब्याक्सटर अस्ट्रेलियाको नेसनल रग्बी लीगमा थिए । उनले स्थानीय पेट्रोल पम्पमा एक भाँडोमा पेट्रोल भरेको अनि कारमा पेट्रोल छर्किएर आगो लगाएको अस्ट्रेलियन सञ्चारमाध्यममा छापिएको छ । 


Advertisement

प्रहरीले एक बयान जारी गरेर आफूहरूलाई स्थानीय समयअनुसार बुधवार बिहान साढे ८ बजे कारमा आगो लागेको विषयमा खबर आएको बतायो । 

एबीसी न्युज अस्ट्रेलियाका अनुसार, ४२ वर्षीय ब्याक्सटरले आफैंलाई चक्कु हानेको र कारबाट बाहिर निस्किएको तर घटनास्थलमै उनको मृत्यु भएको पाइएको छ । 


Advertisement

पत्नी हान्ना ब्याक्सटरलाई अस्पताल लगिएको भए पनि उनको मृत्यु भयो । उनी ३१ वर्षकी थिइन् । एबीसी अस्ट्रेलियाका अनुसार, हान्ना कारबाट हाम्फालेकी थिइन् र चिच्याएकी थिइन्, ‘उसले ममाथि पेट्रोल छर्कियो’ ।

प्रहरीले बताएअनुसार, प्रारम्भिक अनुसन्धानमा महिलाले कार चलाइरहेको र पुरुष अघिल्तिरको प्यासेन्जर सीटमा रहेको देखिन्छ । 

महिलाको शरीर निकै डढेको थियो । आगो लागेपछि एकजना पुरुषले उनलाई कारबाट निकालेका थिए । ती पुरुषलाई पनि आगोले डढाएको र अस्पताल लगिएको बताइएको छ ।

पतिपत्नीले ब्रिसबेनमा इन्टेग्र८ नामक फिटनेस कम्पनी चलाउने गरेका थिए ।

सीएनएनबाट

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्