कट यान्ड पेस्टको आविष्कार गर्ने वैज्ञानिकको निधन

कम्प्युटरको जमानामा कट, कपी र पेस्ट शब्द नसुन्ने मानिस कमै भेटिन्छन् । 

ल्यारी टेस्लर नामक वैज्ञानिकले कट, कपी र पेस्ट आविष्कार गरेका हुन् । ७४ वर्षको उमेरमा उनको मृत्यु भएको छ ।


Advertisement

न्युयोर्कमा जन्मेका टेस्लरले स्ट्यानफोर्ड विश्वविद्यालयबाट कम्प्युटर साइन्सको अध्ययन गरेका थिए । सन् १९७३ मा उनी जेरोक्स पालो अल्टो रिसर्च सेन्टर प्रवेश गरेका थिए । 

टेस्लरले सेन्टरमा साथी टिम मोटसँग मिलेर जिप्सी टेक्स्ट एडिटर तयार पारेका थिए । त्यसैमा उनले टेक्स्टलाई कपी र मुभ गर्ने मेथड तयार पारे । 


Advertisement

मोडलेस एडिटिङ र कट कपी पेस्टको आरम्भिक आविष्कारक आफू भएको टेस्लरले लेखेका थिए । 

याप्पलका सहसंस्थापक स्टिभ जब्सले पनि सेन्टरको यस रिसर्चलाई याप्पल प्रोडक्ट थप राम्रो बनाउन उपयोग गरेका थिए । जब्स जेरोक्स आउँदा त्यस टीममा टेस्लर पनि थिए । 

सेन्टर बाहेक टेस्लरले अमेजन र याहूमा पनि काम गरेका छन् ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्