सञ्चारमन्त्री बाँस्कोटाका सम्बन्धमा ३ माग राख्दै कांग्रेसले गर्‍यो सदन अवरुद्ध

फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकको शुरूमै अध्यक्षसँय समय लिएर नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले मन्त्री बाँस्कोटालाई बर्खास्त, कमिसन मागेकोमा छानबिन र घटना सम्बन्धमा प्रधानमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने माग गरे ।


Advertisement

‘सरकारका प्रवक्ताले यसरी ठाडै कमिसनको कुरा गर्न मिल्छ कि मिल्दैन ?’ उनले प्रश्न गरे । कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको  बैठक फागुन १५ गतेसम्मका लागि स्थगित भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका एजेन्टसँग घूस रकम डील गरेको अडियो गएराति सार्वजनिक भएको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्