आज राति कालिगण्डकीको ड्याम खोलिने, सचेत रहन ३ जिल्लाका बासिन्दालाई अपिल

कालिगण्डकी ए जलविद्युत् आयोजनाको ड्याम आज राति ९ बजेदेखि ४ दिनसम्म खुला रहने भएको छ ।

मर्मतका लागि ड्याम खोल्न लागिएको जानकारी गराउँदै नेपाल विद्युत् प्राधिकरणले सचेत रहन त्यस क्षेत्रका बासिन्दालाई अपिल गरेको छ ।


Advertisement

प्रभावित क्षेत्रमा पर्ने स्याङ्जाको कालिगण्डकी गाउँपालिका, पाल्पाका तानसेन नगरपालिका र बगनासकाली गाउँपालिका तथा गुल्मीका कालिण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका र रुरु गाउँपालिकाका बासिन्दालाई सचेत रहन अपिल गरिएको हो ।

ड्याम खोलिएको समयमा सचेत रहन अपिल गर्दै प्राधिकरणले क्षति भएमा आफूहरू जवाफदेही नहुने उल्लेख गरेको छ ।


Advertisement

हेर्नुहोस्, विज्ञप्ति :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्