कात्तिक २३, २०८०
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार उच्च अंकले वृद्धि भएको छ ।
लगातार उकालो लागिरहेको बजारले बिहीवार झण्डै ३० अंकले वृद्धि भई नयाँ उचाइ कायम गरेको हो ।
नेपाल स्कटक एक्स्चेन्जका अनुसार २९.३२ अंकले बढेर १ हजार ४३४.५७ मा पुगेको छ । नेप्सेको वृद्धि प्रतिशतका आधारमा २.०९ हो । सेन्सेटिभ परिसूचक ४.५० अंकले वृद्धि भई ३००.४४ मा पुगेको छ ।
नेप्से उच्च अंकले वृद्धि हुँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल १८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता शेयर २ अर्ब ७८ करोड ५० लाख ४ हजार ९०८ रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १२ मध्ये २ उपमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर बढेको छ ।
व्यापार ९.८५ र सामूहिक लगानी कोष ०.०४ ले घट्दा बैंकिङ ७.९, होटल ४९.२७, विकास बैंक १०.०४, जलविद्युत् १३.९२, वित्त ६.४२, निर्जीवन बीमा ३७४.०१, उत्पादन ९७.२६, अन्य ९.०३, लघुवित्त १५९.३२ र जीवन बीमा ३८५.३९ अङ्कले वृद्धि भएको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा बिहीवार शिवम् समेन्ट लिमिटेड शीर्षस्थानमा रहेको छ । सो कम्पनीको १७ करोड २ लाख १३ हजार ९५ रुपैयाँमा कारोबार भयो ।
हिमालयन डिस्ट्रिलरीको १२ करोड २२ लाख ६७ हजार ८६९ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड १५ लाख १ हजार ७९८, गरिमा विकास लघुवित्तको ११ करोड १ लाख २६ हजार ५२४, शिखर इन्स्योरेन्सको १० करोड ६३ लाख ९१ हजार ७५२ र नेको इस्योरेन्स कम्पनीको ८ करोड ३० लाख ५ हजार ९८५ रुपैयाँको कारोबार भयो ।
नेप्सेका अनुसार बोटलर्स नेपाल तराई ९.९९, फस्ट माइक्रोफाइनान्स ९.९८, एनएमबी माइक्रोफाइनान्स ९.९८, कालिका माइक्रोक्रेडिट ९.९५, मेरो माइक्रोफाइनान्स ९.९४, स्वाभिमान लघुवित्त ९.९३ र आरएसडिसी लघुवित्तका शेयरधनीले ९.९० प्रतिशतले कमाए ।
राधी विद्युत् कम्पनी ४.३९, समृद्धि फाइनान्स ३.७०, नबिल इक्विटी फण्ड २.८१, सपोर्ट माइक्रोफाइनान्स २.६७, साल्ट ट्रेडिङ कर्पोरेसन १.८९ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले १.८८ प्रतिशतले गुमाए ।
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...