×

NMB BANK
NIC ASIA

जनशक्ति नहुँदा रेल चलाउन ढिलाइ

फागुन ९, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

लामो समयदेखि अवरुद्ध जनकपुर–जयनगर रेल आधुनिक सुविधासहित यसै आर्थिक वर्षभित्र सञ्चालन हुने भएको छ ।

Muktinath Bank

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षभित्रै सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने कार्ययोजना बनाई काम तीव्र बनाएको छ । त्यस क्रममा भारतको चेन्नईमा दुईवटा आधुनिक सुविधाका रेल निर्माण भइरहेका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले भन्नुभयो, 'धरै वर्ष अवरुद्ध रेल सेवा आगामी असारभित्रै सञ्चालनमा आउने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नै भूमिमा सुविधायुक्त रेल चढ्ने नेपालीको सपना यसै आर्थिक वर्षमा पूरा हुने छ । ' उनले भन्नुभयो मन्त्रालयले चालू आर्थिक वर्षभित्रै रेल सेवा सञ्चालनमा ल्याउने कार्ययोजना तयार गरी पूर्वतयारी तीव्र बनाएकाले निर्धारित समयमै रेल सञ्चालनमा आउँछ भने।


Advertisment
Nabil box
Kumari

उनले भने, 'भारतको चेन्नईमा निर्मित नेपाल ल्याइने दुईवटा रेलमध्ये एउटाको निर्माण सम्पन्न भई सफल परीक्षणसमेत भइसकेको छ । अर्कोको निर्माण एक महिनाभित्र सम्पन्न हुने छ । जयनगर–जनकपुर ३५ किलोमिटर रेलवे ट्र्याक निर्माण भइसकेको छ । विदेशी प्राविधिकहरू भर्ना गर्ने निर्णय भइसकेको र रेलको चालक खोज्ने काम पनि भइरहेको छ ।' भारत सरकारको पूर्ण स्वामित्वमा रहेको कोकन रेलवे कर्पोरेसन लिमिटेडले सो रेल निर्माण गरिरहेको छ ।

Vianet communication
Laxmi Bank

जयनगर–जनकपुर रेलवे ट्र्याक, घर लगायतका संरचना र जयनगर स्टेसन चाँडै नै भारतले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रमको तयारी भइरहेको जानकारीसमेत उनले दिए। नेपाल र भारतबीच यसअघि भएको सम्झौैतामा नेपालमा रेल सेवा सञ्चालन नहुन्जेल जयनगर रेलवे स्टेसन नेपालले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

'नीतिगत काम पूरा गरी रेलवे ट्र्याक, घर लगायतका संरचना तथा जयनगर स्टेसन भारतबाट जिम्मा लिइसकेपछि चालू आर्थिक वर्षभित्रै रेल सञ्चालनमा ल्याउँछौँ, यो नै हो मन्त्रालयको स्वीकृत कार्य योजना', उनले भन्नुभयो, 'रेल निर्माण भइसक्यो तर रेल ल्याएर आफैँ गुड्दैन । त्यसका लागि नीतिगत काम तथा तयारी धमाधाम भइरहेको छ ।'

'रेल चलाउने प्राविधिकहरूको खोजी स्वदेशमा पनि भइरहेको छ । अहिलेसम्म एक जना नेपाली रेल चालक मन्त्रालयको सम्पर्कमा आई कामको जिम्मेवारी पाइसक्नुभएको छ', मन्त्री नेम्वाङले भन्नुभयो, 'रेल सञ्चालनका लागि पाएजति नेपाली प्राविधिक नै राखिने हो । नेपाली नपाएको अवस्थामा विदेशीलाई नै करारमा भर्ना गरी रेल सेवा सञ्चालनका लागि मन्त्रिपरिषद्बाट समेत निर्णय भइसकेको छ । '

निर्माणाधीन रेलमा ‘डीईएमयू’

चेन्नईमा निर्माणाधीन रेल डिजेटल इलेक्ट्रिफाइड मल्टिपल युनिट (डीईएमयू) प्राविधिको रहेको रेल विभागले जनाएको छ । यस प्राविधिमा डिजेललाई विद्युतीय शक्तिमा रूपान्तरण गरी रेल सञ्चालनमा ल्याइन्छ । एउटा रेल सेटमा पाँचवटा डब्बा (बोगी) जडान गरिने छ । एक हजार छ हर्ष पावरको सो इन्जिनले प्रतिलिटर तीन किलोमिटर माइलेज दिने छ । पाँचवटा डब्बामध्ये एउटा एसी रहने छ ।

रेल आउने भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको अवस्था छ । रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व्यवस्थापक र साधारण प्राविधिकदेखि विशेषज्ञ इन्जिनियरसम्मको जनशक्ति आवश्यक रहे पनि अहिलेसम्म कर्मचारी भर्ना तथा व्यवस्थापनको नाममा कुनै काम अगाडि बढ्न सकेको छैन ।

रेल सञ्चालनमा लागि आवश्यक जनशक्ति व्यवस्थापन कार्य प्रक्रियामा रहेको बताउँदै रेल विभागका प्रवक्ता अमन चित्रकारले रेल सञ्चालनका लागि नेपालमा सम्बन्धित दक्ष तथा अनुभवी जनशक्ति अभाव रहेको अहिलेको अवस्थामा उक्त रेल सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति आउटसोर्सिङ गरी उपलब्ध गराउनेतर्फ आवश्यक काम भइरहेको जानकारी दिए ।

पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्म र दोस्रो चरणमा कुर्थादेखि बिजुलपुरा रेल सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी उनले दिए । कुल ३४ किलोमिटर दूरी रहेको जयनगरदेखि कुर्थासम्म रेल सञ्चालनका लागि आवश्यक पूर्वाधारको काम सम्पन्न भइसकेको छ । कुर्थादेखि बिजुलपुरासम्मको दूरी १७ किलोमिटर छ । जयनगरदेखि बर्दिबाससम्म ६९ किलोमिटरको दूरीमा रेल सञ्चालन गर्ने योजना छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल सञ्चालनका लागि पहिलो चरणमा करिब दुई सय कर्मचारी आवश्यक रहे पनि कर्मचारी भर्नाका लागि तत्काल विज्ञापन गरिहाल्ने अवस्था नरहेको जानकारी दिए । आवश्यक विज्ञ जनशक्ति र कर्मचारीको अभावमा रेल सञ्चालन गर्न नसक्ने उनले स्पष्ट पारे ।

कर्मचारी भर्नाका लागि लोक सेवा र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भए पनि मन्त्रिपरिषद्बाट निर्णय नभएसम्म तत्काल विज्ञापन खुलाइहाल्ने अवस्था नरहेको उनले स्पष्ट पारे । रेल विभागले विगत छ महिनादेखि कर्मचारी माग गर्दै आइरहेको छ । रेल सञ्चालनका लागि सुरुमा प्राविधिक टोली भारतबाटै लिनुपर्ने भए पनि प्रशासनिक कार्यका लागि नेपाली कर्मचारी नै भर्ना गर्नुपर्ने उनले स्पष्ट पारे ।

भाडादर पनि तय
रेल विभागका महानिर्देशक मिश्रका अनुसार नेपाल आउन लागेको रेल ‘डेमो ट्रेनसेट’ हो । एउटा ट्रेनसेटमा अगाडि र पछाडि गरेर दुईवटा इन्जिन हुन्छन् । नेपालतर्फ आउँदा अगाडिको इन्जिन र भारततर्फ फर्किंदा पछाडिको इन्जिनले काम गर्ने छ ।

त्यसैगरी एउटा ट्रेनसेटमा पाँचवटा डब्बा हुन्छन् । तीमध्ये एउटा डब्बा वातानुकूलित (एसी कोच) हुने छ । उनले भने, 'जयनगरदेखि कुर्थासम्म साधारणतर्फ ६० रुपियाँ र ‘एसी’तर्फ तीन सय रुपियाँ भाडादर कायम गर्ने विषयमा छलफल भइरहेको छ । उनले जयनगर स्टेसनमा समेत नेपाली रेल्वे व्यवस्थापन राख्ने तयारी भइरहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x