×

NMB BANK
NIC ASIA

जडीबुटी खेतीमा रमाउन थाले किसान, मेन्था खेतीमा बढ्यो आकर्षण

फागुन ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय कैलालीका किसान परम्परागत खेतीभन्दा अन्य खेतीमा रमाउन  थालेका छन् । धान, गहुँ तोरीजस्ता बालीबाट सोचेजस्तो आम्दानी नपाएपछि थप आम्दानी बढाउन जडीबुटी खेती गर्न थालेका हुन् ।  

Sagarmatha Cement
Muktinath Bank

किसानले तेस्रो बालीको रुपमा यस क्षेत्रका मेन्था रोप्न थालेका छन् । सो खेतीबाट राम्रो आम्दानी हुनुको साथै अर्को बालीको उत्पादन बढाउनमा समेत सहयोग पुग्ने बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा यस वर्ष ६० बिघा क्षेत्रफलमा मेन्था खेती विस्तार हुँदैछ । रोग, प्रकोपको जोखिम नहुने, कम लगानीमा राम्रो आम्दानी हुने भएकाले किसान यो खेतीमा आकर्षित हुन थालेका हुन् ।


Advertisment
Nabil box
Kumari

मेन्था खेतीले मलको समेत काम गर्ने भएकोले अर्को बालीलाई समेत फाइदा पुग्ने जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरका प्रमुख कमल बेल्वासे बताउँछन्। 'यस वर्ष मेन्था खेती गर्ने किसान र क्षेत्रफल बढेको देखिन्छ । हामीले पनि क्षमता विकास गरेका छौँ ।' उनले भने, 'खेती गर्ने किसान बढ्दै गएपछि हामीले मेन्था प्रशोधन गर्ने मेशिनसमेत थप गरेका छौँ ।'
    
मेन्था खेतीको लागि अहिलेसम्म ८० जना किसानले तीन टन मेन्थाको सकर लगिसकेको र प्रत्येक दिन मेन्थाको सकर लिने आउने कृषक बढिरहेको कार्यालय प्रमुख बेल्वासेले जानकारी दिए।  'मेन्था माघदेखि चैतको पहिलो साता सम्म रोप्न सकिन्छ ।' उनले भने, 'दैनिक किसानलाई आवश्यक पर्ने सकर दिइरहेका छौँ । यो खेती गर्दा किसानलाई बजारको झण्झट पनि छैन । हामी जति उत्पादन हुन्छ सबै खरिद गरिदिन्छौँ ।'

Vianet communication
Laxmi Bank

मेन्था प्रतिकट्ठा छदेखि आठ किलोग्राम सकर लाग्ने गर्दछ र यसको लागि जडीबुटी कार्यालयले किसानलाई बिना लगानी सहुलियत रुपमा मेन्थाको सकर दिने गरेको छ । यसले  किसान सहजरुपमा खेती गर्न सकिने र प्रशोधन तथा राम्रो आम्दानी हुने भएकाले पछिल्लो समयमा किसानले यो खेतीप्रति रुचि बढाएको कार्यालयले जनाएको छ ।

टीकापुरको बनागाउंका श्यामल चौधरीले दुई वर्षदेखि मेन्था खेती गरिरहेका छन् । १० कट्ठामा सो खेती गरेका उहाँले यस वर्ष दुई बिघामा खेती गर्दै छन्। 'धान खेती गरे, त्यसपछि तोरी पनि लगाए । अहिले फेरि मेन्था रोप्दैछौँ ।' उनले भने, 'अहिले रोपेको मेन्था जेठमा तयार भइसक्छ । खेत बाँझो राख्नुभन्दा थप आम्दानी लिन सकिन्छ ।' 

विसं २०४९ देखि पाँच प्रकारका जटीबुटी खेतीलाई विस्तार गर्दै खेती आएको केन्द्रले किसानलाई अनुदान तथा राहतका कार्यमा सहयोग गर्नुपर्ने किसानको माग छ । जानकी गाउँपालिकाका मानबहादुर चौधरीले मेन्थाको उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहित गर्न अनुदान दिन आवश्यक रहेको बताए।  दुर्गा देवकोटा,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x