२६ जेठ २०८३, मंगलबार

कोरोनाभाइरसका कारण वुहानमा अर्का एक चिकित्सकको मृत्यु

फागुन ९, २०७६
कोरोनाभाइरसका कारण वुहानमा अर्का एक चिकित्सकको मृत्यु

कोविड–१९ भनिने कोरोनाभाइरसको केन्द्रविन्दु चीनको वुहान शहरमा अर्का एक चिकित्सकको मृत्यु भएको छ । 

स्वास्थ्य अधिकारीहरूका अनुसार, वुहानको जियाङशिया जिल्लाको फर्स्ट पिपुल्स हस्पिटलको श्वासप्रश्वास तथा सघन उपचारमा कार्यरत २९ वर्षीय चिकित्सक पेङ यिनहुआको मृत्यु बिहीवार राति ९ः५० मा भएको हो । 

पेङलाई भाइरस लागेपछि जनवरी २५ मा अस्पताल धर्ना गरिएको थियो र स्वास्थ्य अवस्था ३० तारिखमा अत्यन्तै खराब भयो । उनलाई आपतकालीन उपचारका लागि जिनयिन तान अस्पताल लगिएको थियो र त्यहीँ उनको मृत्यु हो ।

जियाङसिया स्वास्थ्य आयोगले पेङको परिवारलाई गहिरो समवेदना प्रकट गरेको छ । 

जियाङसिया जिल्लाले यसअघि भाइरस रोगीको उपचारमा अग्रपंक्तिमा खटिएका चिकित्सकहरूमध्ये एक पेङ पनि भएको भन्दै उनले कामका लागि विवाहलाई पनि स्थगित गरेको भनी आलेख छपाएको थियो । 

यसअघि वुहान वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङको पनि कोरोनाभाइरसकै कारण मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्