सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

भक्तपुर, पर्सा, मकवानपुर, दोलखा र कास्कीका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ की २६ वर्षीया शान्ति गौतम र वीरगञ्ज महानगरपालिका–२१ का ३० वर्षीय अनिल यादव ट्रक दुर्घटनामा मारिएका केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएको छ ।


Advertisement

उक्त कक्षबाट प्राप्त समाचारअनुसार बिहीबार र शुक्रबारका सवारी दुर्घटनामा मकवानपुरको थाहानगरपालिका–६ का ६६ वर्षीय मुक्तिनाथ विडारीको मोटरसाइकल दुर्घटनामा, दोलखा–कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीमा बसले ठक्कर दिँदा १० वर्षीय पुजन थामी र पोखरा महानगरपालिका–११ फूलबारी सडकमा स्कुटल दुर्घटना हुँदा भोजपुरका ३० वर्षीय काइँला राईको मृत्यु भएको छ ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्