शिवरात्रिका दिन गाँजा खानुभो ? अब ह्याङओभर छुटाउन यसो गर्नुस्

सरकारले गाँजालाई लागू पदार्थ भन्दै विक्रीवितरणमा रोक लगाएपनि कतिपय नेपालीले यसको सेवन गरेका हुन्छन् । अझ शिवरात्रिका दिन त यसको सेवन गर्ने व्हात्तै बढ्छन् ।

गाँजा पिएपछि यसले स्वाभाविक रूपमा मानिसको स्नायूतन्त्रमा असर गर्छ । घुमाउँछ, कतिपयलाई आनन्द दिन्छ र कतिपयलाई यसले साइड इफेक्ट पनि गर्ने गर्छ ।


Advertisement

गाँजाको ह्याङओभर कसरी छुटाउने त ? यसका बारेमा धेरै अध्ययनहरूले धेरै कुरा बताएका छन् । यहाँ तपाईहरूलाई सामान्य टिप्स दिने कोशिस गरिएको छ । गाँजा सामान्य रूपमा लागेमा छुटाउन यी उपाय प्रयोग गरे हुन्छ तर अत्याधिक र लामो समयसम्म लागिरह्यो भने चिकित्सकको सहयोग पनि लिनुपर्ने हुन सक्छ ।

गाँजाको ह्याङ ओभर छुटाउन प्रशस्त पानी पिउनुपर्छ । गाँजाले आँखा, नाक, मुख सुख्खा बनाउँछ । त्यसैले प्रशस्त पानी पिइरहँदा शरीरलाई फाइदा पनि हुन्छ र यसको ह्याङओभर छिटै उत्रन्छ ।


Advertisement

गाँजा लागिरहेको छ भने नुहाउनु पनि अर्को उपाय हुन सक्छ । यसले सुख्खा भएको छालाको तन्तुहरूलाई भिजाउँछ र राहत दिन्छ ।

गाँजाको ह्याङओभर छुटाउन अदुवाको चिया पनि प्रभावकारी हुन सक्छ । तातो पानीमा अदुवा पिसेर खानाले पनि गाँजाको असर छिटै गइहाल्न सक्छ । कडा कफी पिउँदा पनि गाँजाको असरले छिटै छोड्न सक्छ ।

गाँजाको असर धेरै नै देखियो भने पेन किलर पनि समाधान हुन सक्छ । तर यसका लागि डाक्टरको सुझाव लिनु आवश्यक छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्