मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
समाजमा बढ्दो चोरीका घटना धेरैको टाउको दुःखाईको विषय हुन्छ नै तर हुम्लाको उत्तरी भागमा पर्ने हिमालपारिको गाउँ लिमीले भने चोरी नै नहुने गाउँको परिचय बनाएको छ । चोरी गरे पाप लाग्छ भन्ने स्थानीय मान्यताले लिमीका तीनवटै गाउँमा चोरीका घटना नै नहुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।
धन देखेपछि महादेवका तीन नेत्र उखान गाउँघरमा चलनचल्तीमा रहे पनि चोरी गर्नुलाई गम्भीर पाप गर्नुसरह मान्ने स्थानीय मान्यता छ । यसै मान्यताका कारण नाम्खा गाउँपालिकाको लिमीमा चोरीका कुनै घटना नहुने हल्जी गाउँका खेण्डाप तामाङले जानकारी दिए ।
चोरीका घटना नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पार्नुपर्ने मुलुकका अन्य भागको जस्तो अवस्था लिमी गाउँमा छैन । चोरीमुक्त भनेर चिनिएका लिमीका तीनवटा तिल, हल्जी र जाङ पर्छन् । यो कुनै नयाँ स्थापना गरेको मान्यता नभई परम्परादेखिकै कसैको कसैले चोरी गर्ने कुप्रवत्ति रहेको छैन । अन्नपात, लत्ता कपडादेखि भाँडाकुँडा पनि घरको आँगन तथा घरबाहिर नै राखिन्छ ।
चोरी नै नहुने भएपछि लिमीका तीनै गाउँमा घरका सामान आँगन र घरबाहिर राख्ने गरिएको वडाध्यक्ष पाल्जोर तामाङले बत(ाउनुहुन्छ । हिउँदको समयमा व्यापार तथा अन्य कामको क्रममा युवा सबै गाउँ बाहिर आयआर्जन गर्न जाने भएकाले गाउँमा बा(लबालिका र बूढाबूढी मात्र बस्ने स्थानीय बासिन्दा बताउँछन् । चोरीको घटना हुने भएको भए बढी समस्या हुने बताउँदै वडाध्यक्ष तामाङले चोरी नै नहुने भएपछि ढुक्कका साथ गाउँ बाहिर गएर काम गर्ने चलन रहेको बताउनुहुन्छ । वडाध्यक्ष तामाङ भन्छन्, ‘गाउँमा चोरी हुँदैन । युवा बाहिर गएर ढुक्कले काम गर्छन्, यहाँका मानिसलाई चोरी के हो थाहा छैन ।’
लिमीमा आफ्नै परम्परागत घर निर्माण हुने गर्छन् । ती घरमा कहिल्यै ताला लगाउने चलन नै छैन । चोरी नै नहुने भएपछि तालाको आवश्यकता नपरेको वडाध्यक्ष तामाङले बताए। यसका साथै मानिस हिँड्दा कुनै सामान खसेको भए फेला पार्नेले धेरैले चिनेको स्थानीय व्यक्तिलाई दिने चलन छ । उनीहरूले हराएको सामानबारे सार्वजनिक जानकारी दिन्छन् । त्यो समाज केही समयपछि नै सामान धनीले पाइहाल्छ । त्यसैले कुनै सामान हराए पनि नपाइएला भन्ने चिन्ता नहुने उनले बताए।
तुलनात्मक रूपमा लामा बस्तीमा चोरीका घटना कमै हुने भए पनि लिमी भने चोरीका लागि धेरै सुरक्षित बस्ती भएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । गाउँपालिकामा १८ वटा बस्ती रहेकोमा अन्य बस्तीमा फाट्टफुट्ट रूपमा चोरीका घटना हुने गरे पनि लिमीमा कुनै घटना नै नहुने उनले बताए।
जेठपछि लिमीमा बाहिरका मानिस आउजाउ गर्ने र जनावर चोरी सिकारीका घटना हुने गरेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय स्तरमा निगरानी राख्ने गरिन्छ । लिमीवासीमा जनावर तथा चराचुरुङ्गी मार्न पनि धार्मिक रूपमा राम्रो मानिँदैन । त्यसो भएका कारण हत्या हिंसाका घटना नहुने उनले बताए। चोरीका घटना नहुने भएपछि लिमीको सुनखानीमा पाँच महिना बस्ने प्रहरी चौकी कात्तिकपछि कुनै उजरीबिनै सिमकोट आउने गरेको स्थानीयवासीले जानकारी दिएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...