×

NMB BANK
NIC ASIA

जापानले लगेन कामदार, कारण के ?

फागुन १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 श्रम भिसामा अदक्ष र दक्ष कामदार लैजाने गरी नेपालसँग समझदारी गरेको एक वर्ष पुग्न लाग्दा जापानले एक जना नेपालीलाई पनि रोजगारी दिएको छैन । जापानले सरकारी संयन्त्रबाट कामदार लैजान रुचि नै नदेखाएको नेपाल सरकारको बुझाइ छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल र जापानबीच २०१९ मार्चमा सरकारी संयन्त्रबाटै कामदार लैजाने भन्दै ‘सहकार्य गर्ने समझदारी’ (एमओसी) मा हस्ताक्षर भएको थियो । जापानले गत अप्रिल १ बाट नेपालसहित ९ देशबाट विदेशी कामदार ल्याउने निर्णय गरेपछि एमओसीमा हस्ताक्षर भएको हो । ‘हामीले जापानसँग जी–टू–जी (सरकार–सरकारबीच) कामदार पठाउने गरी समझदारी गरेका हौं । जी–टू–जीमा जापानको रुचि देखिएन,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायले कान्तिपुरसँग भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जापानले अन्य देशसँग निजी क्षेत्रको संलग्नतामा कामदार भर्ना प्रक्रिया अगाडि बढाएको हुन सक्ने मन्त्री रायले बताए । नेपालसँग गरिएको समझदारीमा भने तेस्रो पक्षको संलग्नतालाई स्वीकार गरिएको छैन । तेस्रो पक्ष (म्यानपावर) को संलग्नता हुँदा ठगीको सम्भावना रहेको मन्त्रालको बुझाइ छ । यसअघि दक्षिण कोरिया र इजरायलमा सरकारी तबरबाटै कामदार पठाउने गरेको छ । दक्षिण कोरिया सफल मोडल हो भने इजरायल असफल जस्तै छ ।


Advertisment
Nabil box
Kumari

मन्त्री रायले समझदारी कार्यान्वयनका लागि वार्ता गर्न जापान जान लागेको जानकारी दिए । ‘अब एमओसीलाई परिवर्तन गर्ने कि अन्य विकल्प छनोट गर्ने भन्नेमाथि छलफल हुनेछ,’ उनले भने । उनले अन्य विकल्पबारे भने स्पष्ट खुलाउन चाहेनन् ।

Vianet communication
Laxmi Bank

एमओसी भएपछि नेपाल र जापानी अधिकारीहरूबीच दुई पटक भिडियो संवाद भएको थियो । पहिलो पटक मार्चमा दुई देशका अधिकारीबीच संयुक्त प्राविधिक समितिको बैठक हुने भएको छ । बैठकको नेतृत्व नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले गर्नेछन् । ‘कामदारको मागपत्र कसको नाममा बनाउने र कसले कामदार छनोट गर्ने भन्ने विषय नै अलमलमा पर्‍यो,’ श्रम मन्त्रालयका एक अधिकारीले भने, ‘कामदार छनोट गर्न जापानी रोजगारदाता आफैं नेपाल आउने पक्षमा देखिएनन् ।’

कामविहीन जापान इकाई
सरकारी संयन्त्रमार्फत शून्य लागतमा कामदार भर्ना प्रक्रिया अगाडि बढाउन वैदेशिक रोजगार विभागमा जापान इकाई गठन गरिएको छ । इकाई अहिले कामविहीनझैं छ । ‘भाषा र सीप परीक्षणबाट पास भएकाहरूको सूची आइसकेपछि यसले काम गर्ने हो,’ जापान इकाईका प्रमुखसमेत रहेका वैदेशिक रोजगार विभागका प्रवक्ता भोलानाथ गुरागार्इंले भने, ‘अहिले जापानबाट केही कुरा आयो भने मन्त्रालयसँग समन्वय गर्छौं ।’

उनले जापान सरकारले नै कम्पनीलाई कामदार ल्याउने संख्या (कोटा) दिइनसकेको बताए । ‘जापान सरकारले कम्पनीले विदेशी कामदार ल्याउने कोटा उपलब्ध गराउँछ । त्यसलाई नेपाली दूतावासले प्रमाणीकरण गरेपछि हामीलाई कति कामदार कुन कम्पनीले लैजाँदै छ भन्ने यकिन सूचना आउँछ,’ उनले भने, ‘अहिले जापानले नै कोटा दिएको देखिँदैन ।’ उनका अनुसार कामदार पठाउने कार्यविधि पनि तयार भइसकेको छैन । नेपालका तर्फबाट भने विभागले कार्यविधिको मस्यौदा तयार गरिरहेको छ ।

भाषा परीक्षाप्रति असन्तुष्ट
जापानी भाषा प्रवीणता परीक्षण (जेएलपीटी) को चौथो तह उत्तीर्ण गर्ने व्यक्ति योग्य हुन्छ । भाषा परीक्षा र सीप परीक्षणमा जापानबाट तोकिएको निजी क्षेत्र हावी छ । जापान फाउन्डेसनले भाषा परीक्षण गर्न प्रो म्याट्रिक कम्पनी र सीप परीक्षण गर्न अर्को अन्तर्राष्ट्रिय संस्थालाई तोकेको छ ।

भाषा परीक्षामा सहभागी गराउने र छनोट गर्ने अधिकार निजी क्षेत्रलाई दिइएकामा नेपाल सरकार असन्तुष्ट छ । मुख्य गरी परीक्षार्थीको संख्या निजी क्षेत्रले तोक्छ र आवेदन दिइएकामध्ये पनि विद्युतीय लक्की–ड्रमा पर्नेलाई मात्रै परीक्षामा सहभागी गराइन्छ । ‘यो प्रक्रियामा सुरुदेखि नै हाम्रो सहमति छैन । हामीले आवेदन दिएका सबैलाई सहभागी गराउन दबाब दिइरहेका छौं,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पछिल्ला समय नतिजा खस्कनुको कारण पनि लक्की–ड्र नै हो ।’

अक्टोबरयता भएका परीक्षामा जम्मा ५६ जना मात्रै उत्तीर्ण भएका छन् । जापानले भने कामदार चाहेको भन्दा तीन गुणालाई परीक्षामा सहभागी गराइएको जानकारी दिँदै आएको छ ।

जापानले अहिलेसम्म ‘केयरगिभर’ मा इच्छुकको मात्रै भाषा र सीप परीक्षा लिँदै आएको छ । प्रशिक्षार्थीले एकैदिन ६० मिनेटको सामान्य भाषा र ३० मिनेटको सीपसम्बन्धी विशेष भाषाको परीक्षा दिनुपर्छ । यसका लागि जापानबाटै टोली आउँछ । एकपटक भाषामा पास भएपछि १० वर्षसम्म मान्यता हुन्छ । भाषा परीक्षाका लागि २५ सय जापानी येन, सीप परीक्षाका लागि एक हजार येन र नर्सिङ क्षेत्रका लागि एक हजार येन गरी ४५ सय जापानी येन शुल्क लाग्छ । जापान फाउन्डेसनको जापानिज भाषा केन्द्रले विशेष दक्ष कामदारलाई भाषा सिकाउन नेपाली प्रशिक्षकलाई तालिम दिएको छ ।

१४ वटै क्षेत्रमा कामदार लैजान लबिइङ
जापानले नेपालबाट १४ वटा क्षेत्रमा दक्ष–अदक्ष कामदार लैजाने समझदारी गरे पनि पहिलो वर्ष नर्सिङ कियर गिभरको क्षेत्र छनोट गर्‍यो । पाँच वर्षभित्र नर्सिङ क्षेत्रमा ६० हजार विदेशी कामदार भित्र्याउने जापानको तयारी छ । यस्तै ५ वर्षभित्र ३ लाख ४२ हजार दक्ष–अदक्ष विदेशी श्रमिकलाई रोजगारी दिने उसको नीति छ । नेपालबाट मात्रै लैजाने संख्या भने सार्वजनिक गरिएको छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्सिङसहित १४ वटा क्षेत्रमै कामदार लैजान पहल थालेको मन्त्री रायले बताए । ‘सबै क्षेत्रमा काम गर्न सक्ने कामदार नेपालमा छन् । केयरगिभर र कृषिसहितका क्षेत्रमा कामदार भर्ना गर्न पहल गरिरहेको छु,’ उनले भने ।

समझदारीमा कृषि, नर्सिङ, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, भवन सरसफाइ तथा व्यवस्थापन, जहाज र जहाजका पार्टपुर्जा उद्योग एवं हवाई उद्योग गरी १४ क्षेत्रमा विदेशी श्रमिक लिने भनिएको छ ।

जिट्को पनि असफल
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) सँग सम्झौता गरी औद्योगिक प्रशिक्षार्थी कामदार पठाइरहेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार प्रशिक्षार्थी कामदार पठाउन नेपालका २ सय ५३ म्यानपावर कम्पनी सूचीकृत छन् । ती सबै म्यानपावरले प्रशिक्षार्थी कामदार पठाउन सकेनन् । जापानी रोजगारदाताले १० प्रतिशत प्रशिक्षार्थी कामदार राख्न पाउँछन् । सबैभन्दा बढी भियतनामले एक लाख ४ हजार, चीनले ८० हजार, फिलिपिन्स, इन्डोनेसिया र थाइल्यान्डबाट २० हजार प्रशिक्षार्थी कामदार जापान पठाएका छन् । नेपालबाट भने २ सय कामदार मात्रै जापान गएका छन् ।

वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार बजार प्रवर्द्धन गर्ने खर्च निकै महँगो परेकाले नेपालबाट कामदार पठाउन नसकिएको हो । ‘रोजगारदाताले एकैपटक धेरै कामदार लिएर जाने गरेका छैनन् । १० देखि ५० जनालाई रोजगार दिनेले वर्षमा ३ जना मात्रै कामदार लान्छ,’ जापानमा प्रशिक्षार्थी कामदार पठाउँदै आएको हिमालयन जब एक्सप्लोरका प्रबन्धक निर्देशक मदन महतले भने, ‘सेवा शुल्क ५० हजार रुपैयाँ तोकिएको छ । दूतावासमा कागज प्रमाणीकरण गर्न मात्रै ३७ हजार रुपैयाँसम्म खर्च हुन्छ । त्यसले बजार खोज्न नै नपुग्ने स्थिति भयो ।’

जापानमा ८५ हजार नेपाली
झन्डै ३० वर्षको अवधिमा जापानमा नेपालीको संख्या ८५ हजार ३ सय २१ पुगेको छ । सन् १९९० देखि नेपाली जापान गएका हुन् । त्यस वर्ष चार सय ४७ जना नेपाली गएका थिए । नेपाली भिजिट भिसामा जान्थे । त्यतिखेर साना वर्कशपमा नेपालीले काम पाउँथे । नेपाली सन् २००० देखि विद्यार्थी भिसा, दक्ष कामदार र पारिवारिक भिसा लिएर जापान जाने गरेका छन् ।

जापानको अध्यागमनका अनुसार १२ हजार ७ सय ६ जना नेपाली त्यहाँ कुकको काम गर्छन् । २१ हजार ८ सय ७३ जना परिवार छन् । २७ हजार विद्यार्थी छन् । जापान जाने विद्यार्थीले वैध रूपमा दैनिक ४ घण्टा काम गर्न पाउँछन् । सुरक्षित ठाउँ र आकर्षक आम्दानी भन्दै जापान जाने विद्यार्थीले १५ हजार डलर र कुकमा जानेले २० हजार डलरसम्म लगानी गर्ने गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x