माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सुविधा र कामको खोजीमा बसाइँ जाने क्रम बढेपछि छथरजोरपाटी गाउँपालिकाले अन्यत्रबाट आउने परिवारलाई दुहुनो गाई उपहार दिन थालेको छ। गाउँपालिकाभरिका जुनसुकै स्थानमा स्थायी बसाइँ आउने घरपरिवारको जीवन निर्वाहमा सहयोग पुर्याउने उद्देश्यले दुहुनो गाई उपहार दिन थालिएको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताए।
‘मधेसलगायत अन्य क्षेत्रमा बसाइँ जाने क्रममा कमी ल्याउँछ’ उनले भने ‘कार्यक्रमले उत्पादनशील भूमि बाँझोमा परिणत हुने परिस्थितिको अन्त्य हुने विश्वास छ।’
कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले कार्यविधि निर्देशिका बनाएको छ। अहिलेसम्म गाउँपालिकाभरिमा ८ जना नयाँ घरिबार बसाइँ आएका छन्। नयाँ घरपरिवारले दुहुनो गाई माग्दै गाउँपालिकामा आवेदन दिइसकेका छन्।
नयाँ घरपरिवारलाई प्रतिगाई खरिदमा अधिकतम ६१ हजार रुपैयाँ अनुदान उपलब्ध गराइने पशुपक्षी विकास शाखाका प्रमुख राजकुमार राईले बताए। उनका अनुसार बसाइँ आउने परिवारले गाउँपालिकामा निवेदन, बसाइँ सराइ प्रमाणपत्रको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, वडा कार्यालयको सिफारिसपत्र पशुपक्षी शाखामा बुझाउनुपर्छ।
सबै प्रक्रिया पूरा भएपछि दुहुनो गाई उपलब्ध गराइन्छ। बसाइँ आएर कम्तीमा तीन महिना बसोबास गरेपछि मात्रै दुहुनो गाई दिनयोग्य हुने अध्यक्ष लिम्बूले बताए।
परिवार टिकाउन स्रोतभर्ना सापटी !
गाउँपालिकाले स्रोतभर्ना सापटी कार्यक्रम पनि सञ्चालन गरेको छ। व्यवसाय गर्न चाहनेलाई व्यावसायिक कार्ययोजनाका आधारमा बिना ब्याज र धितोमा ५० प्रतिशत ऋण उपलब्ध गराइने गाउँपालिका अध्यक्ष लिम्बुले बताए।
यसले गाउँमै बसेर केही गर्न चाहने घरपरिवारलाई सहयोग पुग्ने उनको भनाइ छ। कृषि क्षेत्रलाई व्यावसायिक बनाउन ५० प्रतिशत अनुदानमा कृषिजन्य औजारसमेत वितरण गरिएको छ।छथरजोरपाटी गाउँपालिका पशुपालन र कृषि उत्पादनको हिसाबले जिल्लामै अग्रणी स्थानमा आउँछ। गाउँपालिकाभरि दैनिक १२ हजार लिटर दूध उत्पादन हुन्छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...