×

NMB BANK
NIC ASIA

हिजो दिनभर : यथास्थितिमा एमसीसी पास नहुने कार्यदलको निष्कर्ष, डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको बसले किचेर मृत्यु

फागुन १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

यथास्थितिमा एमसीसी पास नहुने कार्यदलको निष्कर्ष

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ अध्ययन गर्न सत्तारूढ दल नेकपाले गठन गरेको कार्यदलले अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

शुक्रवार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा कार्यदलका संयोजक झलनाथ खनालले अध्यक्षद्वयलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत माघ १९ गते सम्पन्न नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले एमसीसी अध्ययन गरेर सुझाव दिन खनालको नेतृत्वमा स्थायी कमिटी सदस्यद्वय भीम रावल र परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीसम्मिलित कार्यदल गठन गरेको थियो ।


Advertisment
Nabil box
Kumari

प्रतिवेदन सार्वजनिक भने गरिएन । ‘शुरूमा अध्यक्षद्वयले हेर्नुहुन्छ, त्यसपछि सचिवालयमा पेश हुन्छ र बिस्तारै सार्वजनिक होला,’ बालुवाटार स्रोतले भन्यो ।

Vianet communication
Laxmi Bank

संयोजक खनालले भने यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने बताएका छन् । ‘यथास्थितिमा यो पारित हुँदैन,’ खनालले भने, ‘हामीले प्रतिवेदनमार्फत सुझावहरू दिएका छौं । सम्झौतालाई सुधार नगरी पास गर्न नमिल्ने प्रतिवेदनले निष्कर्ष निकालेको छ ।’

खनालले कार्यदल केन्द्रीय कमिटीले गठन गरेको र शक्तिशाली भएकाले कार्यदलको निष्कर्ष नेकपाले पालना गर्ने दाबी गरे ।

 

कालु पाँडेले आफ्नो गर्दन दिएर देशलाई एकीकरणको बाटोमा अगाडि बढाए – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताएका छन् । इन्द्रदह एकीकृत पर्यटन विकास समितिको आयोजनामा शुक्रवार राजधानीमा आयोजित ‘चौँथो इन्द्र दह पर्यटन महोत्सव’को उद्घाटन गर्दै उनले नेपालको गौरवपूर्ण इतिहासको बारेमा नयाँ पुस्ताले अध्ययन गर्नुपर्ने बताएका हुन् ।

‘इतिहासको कदर र वीरताको योगदानको कदर गर्नुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले काजी कालु पाँडेले आफ्नो गर्दन दिएर देशलाई एकीकरणको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

साहसी, दुरदर्शी र प्रेरणा दिनसक्ने व्यक्ति कालु पाँडे भएको उनको भनाइ थियो । प्रधानमन्त्रीले धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको इन्द्र दहको विकासका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले देशभरका वीरताको इतिहास झल्काउने किल्लाको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्नेमा जोड दिए ।

महोत्सवसँगै दहचोकको स्वरुप फेरिन थालेको उनको भनाइ थियो । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दहचोक महोत्सवको निरन्तरताका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए ।

उनले वाग्मती प्रदेशले पर्यटन क्षेत्रको विकासका लागि विशेष योजना अगाडि सारेको उल्लेख गरे ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले दहचोकको समग्र पर्यटनको विकासमा केन्द्रीकृत हुँदै दहचोकलाई आन्तरिक तथा बाह्य पर्यटकको महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्न पर्यटन महोत्सव आयोजना गरिएको जानकारी दिए ।

समितिका अध्यक्ष हरिशरण थापाले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सबै मिलेर सफल बनाउनुपर्ने बताए ।

सो अवसरमा सञ्चारकर्मी तथा समाजसेवी रोशन दानीलाई सम्मान गरिएको थियो । सरकारले नेपाल भ्रमण वर्षका लागि एक सय गन्तव्यस्थलभित्र सूचीकृत गरेको इन्द्र दह र काजी कालु पाँडेको समाधिस्थल पनि रहेको छ । उक्त क्षेत्रमा मनकामना मन्दिरसमेत रहेको छ ।

डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको मृत्यु

शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका १ बालकको मृत्यु भएको छ ।

कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका ९ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको हो ।

सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९ नम्बरको बसले शुक्रवार साढे ११ बजे बालकलाई बसको पछाडिपट्टिको चक्काले किचेको हो ।

ठक्कर दिँदा उनकोे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालबालिकाको समूहलाई बसले डोरीसहित लतार्दा पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

मृतक बालकको शव घटनास्थलमै राखिएको छ भने बस लिएर चालक सिधै जिल्ला प्रहरी कार्यालय आएको प्रहरीले जनाएको छ ।

सत्तामा पुगेपछि विचलित हुने समस्या नेपाली कम्युनिस्टमा पनि देखियो : प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता बाहिर रहँदा जनताको मन जित्ने कम्युनिष्टहरू शासन सत्ता हातमा आएपछि आदर्शबाट विचलित भई बिग्रिने विश्व इतिहासको संकेत नेपालमा पनि देखिन थालेको बताएका छन् ।

नेकपाका संस्थापक एवं मध्यपुरथिमिका बासिन्दा नारायणविलास जोशीका स्मृतिमा मध्यपुरथिमि शङ्खधर चोकस्थित जनआदर्श क्याम्पस परिसरमा निर्माण हुन लागेको नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवनको शुक्रवार शिलान्यास गर्दै उनले भने, “कम्युनिष्ट पार्टी सत्ता बाहिर आन्दोलन र क्रान्तिमा हुँदा निकै ठूलो त्याग र तपस्या गर्न सक्छन्, जनतासँग बसेर जनताले जे खान्छन् त्यही खाएर जनताको मन जित्न सक्छन् तर सत्ता प्राप्त गरिसकेपछि कहीँ न कहीँ त्यो आदर्शबाट विचलित हुने र बिग्रने गरेको थुप्रै विश्व इतिहास रहेको छ, अचेल नेपालमा पनि त्यसका संकेत र लक्षण देखापर्न थालेका छन् ।”

विश्वको कम्युनिष्ट इतिहासमा सत्तामा पुगेपछि आफूले आफैंलाई सिध्याएको उदाहरण धेरै रहेको स्मरण गर्दै अध्यक्ष दाहालले देशको विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै, गल्तीकमजोरीलाई सच्याउने, त्यस्तो गर्नेलाई कारवाही गर्ने, पार्टीको शुद्धीकरण र सुदृढीकरण गर्ने, जनतासँगको सम्बन्धलाई बलियो बनाउने तथा राम्रा काम गर्नेतिर उद्दत हुँदै पार्टीलाई मजबुत बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

जनतालाई सामान्य राजनीतिमा लाग्ने छुटसमेत नभएको राणादेखि सामन्ती वर्गविरुद्ध लाग्दै पुष्पलालसँग नेकपा स्थापनामा लाग्ने जोशीको स्मृतिमा भवन निर्माण हुन लाग्नु ठूलो विषय भएको उनको भनाइ थियो । 

 

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायती दूतावासमा बुझायो ज्ञापनपत्र, नेपालको जमीन फिर्ता गराउन माग

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले शुक्रवार दिउँसो २ बजे बेलायती दूतावास गई नेपाल भ्रमणमा रहेका प्रधानसेनापति मार्क कार्लटन स्मिथका नाममा सुगौली सन्धिमा गुमेको ६० हजार वर्ग किमि नेपालको जमीन फिर्ता गर्न प्रभावकारी भूमिका खेलिदिन अनुरोध गर्दै एक ज्ञापनपत्र बुझाएको छ ।

सूचना प्रविधिसम्बन्धी विधेयक संशोधन गर्न पत्रकार महासंघको माग

नेपाल पत्रकार महासङ्घले संसदीय प्रक्रियामा रहेको मिडिया काउन्सिल र सूचना प्रविधिसम्बन्धी विधेयक सुधार गरेर मात्र अगाडि बढाउनुपर्ने माग गरेको छ । 
    
मिडिया काउन्सिल विधेयकसम्बन्धी महासङ्घले उठाएका विषय आंशिक सम्बोधन भए पनि काउन्सिलको स्वायत्तता लगायतका विषयमा थप सुधारको आवश्यकता औँल्याइएको छ । महासङ्घका केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बिहीबार सम्पन्न बैठकले ती विधेयकको पछिल्लो अवस्थाका बारेमा समीक्षा गर्दै सूचना प्रविधिसम्बन्धी विधेयकका सम्बन्धमा महासङ्घले उठाएका विषय सम्बोधन हुनेगरी दबाब सिर्जना गर्ने निर्णय गरेको छ ।

कार्यवाहक अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको सो बैठकले सञ्चारसम्बन्धी अन्य विधेयक अघि बढाउँदा सरोकारवाला पक्षसँग छलफल गर्नसमेत सरकारसँग आग्रह गरेको छ । “सञ्चारमाध्यममा प्रकाशित समाचारका सम्बन्धमा चिनियाँ दूतावासले सम्पादक र सञ्चारमाध्यमविरुद्ध धम्कीपूर्ण विज्ञप्ति जारी गरेकोप्रति महासङ्घले गम्भीरतापूर्वक लिँदै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ”, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले सञ्चारमाध्यमले समाचार सामग्री सम्प्रेषण गर्दा आचारसंहिताको पालना गर्न र संवेदनशील विषयमा समाचार संप्रेषण गर्दा थप ख्याल पुर्‍याउन पनि आग्रह गरेको छ ।  सञ्चारगृहभित्र सम्पादन विभागीय स्वतन्त्रताको सुनिश्चितताका लागि पहिलेदेखि नै आवाज उठाउँदै आएको महासङ्घले सञ्चारगृहमा सम्पादकीय विभागको स्वतन्त्रतालाई जोड दिएको छ । 
     
श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका सन्दर्भमा महासङ्घले चलाएको दबाब र अनुगमनलाई थप प्रभावकारी ढङ्गबाट अघि बढाउने निर्णय गरिएको छ । 
महासङ्घले सूचना तथा प्रसारण विभागमा श्रमजीवी पत्रकार तथा कर्मचारीको विवरण सबै सञ्चारमाध्यमलाई बुझाउन र  दरबन्दी यथाशीघ्र बुझाउने वातावरण निर्माण गर्न सूचना तथा प्रसारण विभागलाई दबाब दिने निर्णय गरेको छ । 

महासङ्घले ठूलो सङ्ख्यामा पत्रकार प्रेस पासविहीन अवस्थामा भएकाले प्रेस पास नवीकरण सहज बनाउन पहल गर्नुका साथै पछिल्लो समय पत्रकार असुरक्षित देखिएको र पत्रकार स्वनियन्त्रणमा रहेकाले सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x