×

NMB BANK
NIC ASIA

बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरू

फागुन १०, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रे गर्न काम अगाडि बढेको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थललाई बाह्रै महिना सञ्चालनमा ल्याउन ठेक्का सम्झौता भइ निर्माण अगाडि बढेकोे छ  ।  यसका लागि चालु आर्थिक वर्षमा रु चार करोड विनियोजन भएको जनाइएको छ ।

Muktinath Bank

बागलुङ क्षेत्र नम्बर एकका प्रतिनिधि सांसद डा सूर्य पाठकले अर्को वर्ष पुनः रु तीन करोड रकम छुट्टाइने जानकारी दिए ।   २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गरी सक्ने गरी  प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माणको जिम्मा पाएको सो कम्पनीका प्रतिनिधि दिनेश रिजालले ठेक्का सम्झौता हुँदासाथ आवश्यक कामको थालनी गरिएको जानकारी दिए । उनले भने, 'धावनमार्ग कटिङका लागि आवश्यक औजार, उपकरण विमानस्थलमा ल्याइसकेका छौँ, कटिङको काम शुरू भएको छ ।' शुरूमा  कटिङ गर्ने, वरपर नाली निर्माण गर्ने र तारबार लगाउने निर्माण कम्पनीका फिल्ड इञ्चार्ज वासु थापाले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

२६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एरलाईन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान समेत भरेका थिए । तर आवश्यक पूर्वाधारको अभावले  अहिले विमानस्थल  बन्द रहेको छ । 

Vianet communication
Laxmi Bank

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो  विमानस्थल रहेको छ । 'नागरिक उड्डयन प्राधिकरणले पहिलो चरणमा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्नका लागि छुट्टाएको बजेटले निर्माण प्रारम्भ गरिएको छ', सांसद पाठकले भने  'बागलुङ नगरपालिकासहित सरोकारवाला निकायको पहलमा आगामी एक वर्षमा  कालोपत्रे हुन्छ, अन्य पूर्वाधार अर्को वर्षबाट शुरूगर्नेछौँ ।' तीन वर्षमा पूर्णरुपमा विमानस्थल सञ्चालनमा ल्याउने गरी विमानस्थलको धावनमार्गबाहेकको टर्मिनल टावर मर्मतलगायतका अन्य संरचना निर्माण गर्ने विषयमा समेत छलफल भइरहेको जनाइएको छ ।

बागलुङ, पर्वत र म्याग्दीका जनतालाई हवाई सेवा प्रदान गर्ने गरी पूर्वाधार निर्माणका लागि नगरपालिकाले सक्दो साझेदारी गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । ' विमानस्थल सञ्चालन गर्न झण्डै रु ५० लाख लगानी गरिसक्यो केही समय जहाज पनि चल्यो', उनले भने, 'विमानस्थल पुग्ने सडक कालोपत्रे गर्नका लागि पहल भइरहेको छ ।' 

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची रहेको छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्रे हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला बताउँछन् ।

एक वर्ष अगाडि यात्रु कम हुँदाको रकम नगरपालिकाले सुनिश्चितता गरी हप्तामा दुईदिन ती विमानले उडान समेत भरेका थिए ।   बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धुलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो ।  खेमराज गौतम,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x