सरकारले लुटतन्त्रलाई संस्थागत गर्दैछ : कमल थापा

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले लुटतन्त्रलाई स्थागत गरेको आरोप लगाएका छन् ।

पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमका लागि धनगढी पुगेका अध्यक्ष थापाले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका हुन् ।


Advertisement

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक तहमा आफु निकट व्यक्तिहरु राख्दै अनियमिता र लुटतन्त्रलाई कानुनी मान्यता तर्फ उन्मुख भएको आरोप लगाए ।

‘देशको सबै भन्दा चुनौतीका रुपमा भ्रष्टचार भएको छ’ उनले भने–‘लोकतन्त्रको आवरणमा लुटतन्त्र कायम भएको छ । तत्कालीन माओवादीले आफ्नै लडाकु रकमबाट शुरू भएको घोटाला अहिले व्यापक र विकराल भएको छ । आमुल परिर्वतन नारा दिएर शुरू भएको भ्रष्टाचार नेपालमा लुटतन्त्रलाई संस्थागत गदैँ गएको छ ।’


Advertisement

यसैबीच उनले गोकुल बाँस्कोटा अडियो प्रक्ररणको निष्पक्ष रुपमा छानविन हुनुपर्ने माग राखेका छन् । प्रधानमन्त्री र अख्तियार दरुपयोग आयोगले निष्पक्ष रुपमा छानविन गर्नुपर्ने माग गरेका हुन् ।

अहिलको राजनीतिक अभ्यासले केवल व्यक्ति र दल मात्र होइन व्यवस्थापकीय भ्रष्टिकरण हुदैँ गएको बताउँदै उनले लुट कायम गर्न कुनै कानुन बाधक भएमा बहुमतको आडमा कानुन नै परिर्वतन गर्न थालिएको उनको भनाइ थियो ।
अध्यक्ष थापाले एमसीसी सत्तारुढ दलका नेताहरुको कारणनै विवादमा परेको बताएका छन् ।

एमसीसी मुलुक हितमा हुँदाहुँदै पनि सत्तारुढ दलका नेताको झै–झगडा र वाह्य हष्तक्षेपका कारण विवाद आएको बताउँदै उनले सरकार यस बारेमा प्रष्ट हुन आवश्यक रहेको बताए । उनले राजसंस्थालाई पाखा लगाएपछि मुलुकमा वाह्य हष्तक्षेप बढेको जिकिर गरे ।
 

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्