×

NMB BANK
NIC ASIA

उद्यम

बजारबाट गाउँ फर्केका लक्ष्मण : कृषि फर्मबाटै मासिक २ लाख आम्दानी

फागुन १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गाउँघरमा अचेल एउटा कहावत चर्चित छ–

Muktinath Bank

‘लोग्ने कतार, स्वास्नी बजार ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जब श्रीमान कमाउन विदेश जान्छन्, तब श्रीमती छोराछोरी पढाउन भन्दै बजार झर्न हतारिन्छिन् ।


Advertisment
Nabil box
Kumari

तर पाल्पाका लक्ष्मण पराजुली (४५) को लागि भने यो भनाइ ठीक उल्टो भइदियो । उनी कमाउन भनी सिंगापुरसम्म पुगे । पहिले भारत र पछि सिंगापुर गरी झण्डै एक दशक विदेशी भूमिमा बिताए । पाल्पा सदरमुकाम तानसेन बजारमा बसोबास गर्ने पराजुली परिवार लगानी क्षेत्र खोज्दै रित्तो गाउँघर फर्किएको छ ।

Vianet communication
Laxmi Bank

*****

विदेशीको कहर लक्ष्मणले भुलेका छैनन् । स्वदेशमा रोजगारी नपाएपछि भारत र सिंगापुरमा उनको जीवन दुःखकष्टमै बित्यो । स्वदेश छोडेदेखि पाएको दुःख सम्झिँदा उनमा गाउँमै फर्किएर केही गरौं भन्ने हुटहुटी मरेको थिएन, चटक्कै छोडेर नेपाल फर्किए । तानसेनमा वाइन सप (रक्सी पसल) खोलेका उनले निर्माण व्यवसायमा समेत हात हाले । जीवन भोगाइका क्रममा विविध क्षेत्रमा अनुभव बटुलेका लक्ष्मणले गाउँमै कृषिकर्म शुरू गरी गरी मासिक २ लाख रुपैयाँ कमाउन थालेका छन् र गाउँमै उदाहरणीय बन्दै गएका छन् ।

पाल्पाको पश्चिम रैनादेवी गाउँपालिका (साविक मुझुङ, अँधेरीखोला) स्थायी घर भएका लक्ष्मणले झण्डै ३५ लाख लगानी गरेर छिमेकी रिब्दीकोट गाउँपालिका–७, मैनादीमा खोलेको ‘ए.एन ए. कृषि हाउस’ लोभलाग्दो छ । उनको फर्ममा पहिलो पटक पाइला टेक्नेले स्वदेशकै माटोमा पसिना बगाउन सके वार्षिक लाखौं रुपैयाँ कमाउन सकिँदोरहेछ भन्दै दह्रिलो आत्मविश्वास सँगाल्दै फर्किने गरेका छन् ।

*****

‘कृषि क्षेत्रमा परिश्रम गर्नुपर्छ । मुनाफा पाउन हतारिनु हुँदैन । केही समय लाग्छ नै,’ लक्ष्मणले भने, ‘स्वदेशमै ढुंगामाटो खोस्रिन सके कमाउन विदेश जानु पर्दैन ।’

दुई छोराछोरीका बाबु उनले आजभन्दा ९ महिनाअघि स्थानीय तिलक गैह्रेको नाउँको घरजग्गा किनेका हुन् । गैह्रेले पनि १० वर्षअघि रामकुमार नेपालको नाउँको सो घर खरीद गरेका थिए । नेपाल परिवार गाउँघरमा उज्यालो भविष्य नदेखेपछि गाउँघरको सबै सम्पत्ति बेचेर मधेश झरेको हो । सोही सिको गर्दै गैह्रे परिवार पनि पराजुलीलाई जिम्मा लगाउँदै पहाडी भूमि बेचेर समथर तराई झर्‍यो ।

खासमा लक्ष्मणले कृषि फर्म खोल्न घरसहित ३५ रोपनी जग्गामात्र १५ लाख रुपैयाँमा किनेका हुन् । पछि विभिन्न प्रकारका ८ वटा खोरसहित अन्य थप्दै जाँदा लगानी ३५ लाख पुगेको उनी बताउँछन् । स्वच्छ हावापानी, खानेपानी तथा सिँचाइको राम्रो प्रबन्ध, घरै मास्तिरबाट मोटरबाटो सुविधा रहेको सो स्थानमा उनले मासुजन्य तथा कृषिजन्य सबैथोक पाल्नुका साथै उब्जाउ प्रयास गरेका छन् । उनले विभिन्न खोरमा लोकल कुखुरा तथा लेयर्स, हाँस, टर्की, बाख्रापालन गरेका छन् । यतिमात्र कहाँ हो र ? बाँझो रहेको जमिन खनजोत गरी लटरम्म टमाटरसहित अन्य मौसम अनुसारका तरकारी फलाएका छन् । फर्ममा आंशिक र फूल टाइम गरी १० जनालाई रोजगारी समेत दिएका छन् । कामप्रति उत्साहित हुँदै उनी भन्छन्, ‘यही सीजनमा डेढ लाखको अण्डा नै बेचेँ ।’

उनका अनुसार कुखुरा फर्ममा लोकल, लेयर्स गरी १ हजार ४ सय थान कुखुरा पालेकोमा १ हजार १ सय कुखुरा बिक्री भयो । उनले हाल पालेका ७ सय वटा लेयर्सबाट एकदिनमै ५/६ सय अण्डा संकलन हुन्छ ।

परीक्षणको रूपमा पहिलो पटक गाउँमा टर्की पालेका उनले एउटै टर्की ६ महिनामा ११ केजीसम्म बनाएर बेचे । छुट्टै रहेको बाख्रा खोरमा ३५ वटा बाख्रा हुर्किरहेका छन् । बाख्रालाई खेतबारीको घाँस छ भने चरिचरणका लागि नजिकै जंगलको समेत सुविधा छ । २ सय वटा हाँस पालेकोमा बेच्दै जाँदा बिक्री हुँदा खोरसमेत रित्तिन थालेपछि थप पाल्ने योजना उनको छ ।

उनले उत्पादन गरेको कृषिउपज बिक्रीको मुख्य बजार क्षेत्र तानसेन र बुटवल हो । कतिपय त तानसेनमै खपत हुने र मागअनुरूप बुटवलसम्म पुर्‍याउने गरेको पराजुलीले बताए । घर वरिपरि खोर बनाएका उनको अब बंगुर र बँनेल पाल्ने सोच छ । उनी भन्छन्, ‘थप खोर बनाउँदैछु । त्यसमा बंगुर र बँनेल पनि पाल्छु । तरकारी खेतीको लागि मल पनि प्रशस्त हुन्छ । घाँस प्रशस्त छ । गाउँघरमा काम गर्न सहज लाग्यो ।’

मासिक करीब २ लाख कमाउने गरेका लक्ष्मणले गाउँमा केही छैन भनी विदेश जान हतारिने युवालाई स्वदेशमै इलम गरे प्रशस्त कमाउन सकिन्छ भनी सिकाउनु छ । भन्छन्, ‘सरकारले अनुदान दिएमा अझै वृहत् बनाउँदै जानेछु । विदेशको दुःखकष्ट बिर्सेको छैन । नेपालमा धेरै गर्ने ईच्छा छ । अरूलाई पनि यस्तै कार्य गर्न मेरो सुझाव छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x