बसको ठक्करबाट महिलाको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा शनिवार दिउँसो बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९६१८ नम्बरको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।


Advertisement

मृतक महिलाको नामथर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । सोही बसमा सवार रहेकी महिला ओर्लिएपछि बसको पांग्राले किचेको थियो ।

घाइते महिलाको दमौली अस्पतालमा उपचार गर्न लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालक प्रहरी नियन्त्रणमा छन् ।


Advertisement

कमेन्ट गर्नुहोस्