×

NMB BANK
NIC ASIA

आठबीसमा सय शय्याको ट्रमा सेन्टर बनाउने सम्झौता, एमबीबीएस डाक्टर आउने

फागुन १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत–जुम्ला सडक खण्डको बीच भागमा पर्ने आठबीस नगरपालिका–४ राकम कर्णालीमा १ सय शय्याको ट्रमा सेन्टर बनाउन नगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबीच शनिवार १३ बुँदे सम्झौता भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सम्झौतासँगै राकम कर्णालीमा बढीमा डेढ हप्ताभित्र एमबीबीएस डाक्टरले बिरामीको उपचार गर्न शुरू गर्ने भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौतामा आठबीस नगरपालिकाका तर्फबाट नगर प्रमुख खड्गराज उपाध्याय तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तर्फबाट निर्देशक धर्मराज गोसाइंले हस्ताक्षर गरेका छन् ।


Advertisment
Nabil box
Kumari

सम्झौतामा सय शय्याको ट्रमा सेन्टर अस्पताल निर्माणको लागि नगरपालिका र प्रतिष्ठानबीच समन्वय र सहकार्य हुनुपर्ने बताइएको छ । अस्पताल निर्माण र सञ्चालन हुँदा २ पक्षबीच शर्तको पालना गर्नुपर्ने गरी सम्झौता भएको छ ।

Vianet communication
Laxmi Bank

प्रदेश र संघीय सरकारसँग समन्वय गरी २ पक्षले अस्पताल निर्माण र सञ्चालन गर्ने, सर्वसुलभ विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यका साथ सम्झौता भएको नगर प्रमुख उपाध्यायले बताए । उनका अनुसार ‘एक्सरे मशिन, ल्याब, लगायतका सामग्री र डाक्टरको फिल्ड भत्ताको व्यवस्था नगरपालिकाले गर्ने भएको छ भने प्रतिष्ठानले डाक्टर र तलबको व्यवस्थापन गर्नेछ ।

‘अस्पताल भवनको लागत इस्टमेट सहितको डीपीआर नयाँ शहर आयोजनाले गर्नेछ,’ प्रमुख उपाध्यायले भने, ‘शिक्षण अस्पताल निर्माण भई सञ्चालनमा आए अछाम, दैलेख, कालिकोट लगाएत जिल्लाका नागरिकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरेका छौं ।’

नगरपालिकाले अस्पतालका लागि ‘राकम कर्णालीमै कुन्टामा १०५ रोपनी सार्वजनिक जग्गा गत माघ २६ गतेको नगर सभाबाट नाममा गरिदिन नेपाल सरकारसँग माग गरी आवश्यक निर्णय पठाइसकिएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x