×

NMB BANK
NIC ASIA

चितवनका अनशनकारीको माग पूरा गर्न कांग्रेसको आग्रह

फागुन १०, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रमुुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चितवनको माडी नगरपालिका–४ मा स्थानीय समस्या समाधानका लागि ४ दिनदेखि आमरण अनशन बसिरहेका अनशनकारीको माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ ।

Muktinath Bank

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिवार एक विज्ञप्ति जारी गरी सो आग्रह गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनशनकारीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण र पाँचौं संशोधन नियमावली २०७६ ले माडीजस्तो महत्त्वपूर्ण क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानव अधिकार सहितको संरक्षणका लागि पुनः संशोधन हुनुपर्ने माग राखेका छन् । 


Advertisment
Nabil box
Kumari

बाँदरझुला, अमिलियामा बसोबास गरिरहेका नागरिकको उचित व्यवस्था गरिनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणका लागि ठोसरूपमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने, उत्तरी सीमामा पर्ने रीउखोला करिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने मागसमेत राखेका छन् । 

Vianet communication
Laxmi Bank

अनशनकारीले कसरादेखि वनकट्टा साथै वगहीदेखि बाँदरझुलासम्म बाटो स्तरोन्नति गरी चौबिसै घण्टा खुला राख्नुपर्ने, माडी नगरपालिकालाई कृषि पर्यटन हबको रुपमा विकास गर्न विशेष योजना ल्याउनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णरूपमा स्थानीय तहको अधिकार हुनुपर्ने माग राखेका छन् । 

स्थानीयले पटक–पटक माग उठाउँदा पनि सम्बन्धित निकायले माग सम्बोधन गर्न नसकेपछि माडी नगरपालिका–१ का अध्यक्ष कृष्णप्रसाद पौडेलसहित वडा सदस्य फागुन ७ आमरण अनसन बसेका थिए । कांग्रेसले स्थानीय तहले उठाएको मागलाई समर्थन गर्दै अनशनरत व्यक्तिको जीवन रक्षार्थ सरकारलाई तत्काल माग सम्बोधन गर्न ध्यानाकर्षण गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x