'बास्कोटा अडियो प्रकरण' मा नेकपाले छानबिन नगर्ने !

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका निम्ति डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री पदबाट राजीनामा दिएका गोकुल बास्कोटामाथि उनको दल नेकपा आफैँले छानबिन नगर्ने भएको छ।

नेकपाकै कतिपय नेताहरूले उनीमाथि पार्टीले समेत छानबिन गर्नुपर्ने माग राखेपनि शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले  ‘राज्य संयन्त्रले नै छानबिन गर्ने भएपछि पार्टीले छुट्टै छानबिन गर्नु पर्दैन’ भनेका हुन्। ओलीले बास्कोटामाथि राज्य संयन्त्रले नै छानबिन गर्ने’ बताएका थिए।


Advertisement

कसिमन डिल प्रकरण बाहिरिएपछि बास्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए।

यो प्रकरणमा अख्तियार लगायतका राज्यका निकायले अध्ययन गरिरहेको जानकारी नेकपा सचिवालय बैठकमा गराइएको थियो।


Advertisement

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठक लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए। भेटमा बाँस्कोटा प्रकरणबारे छलफल भए पनि थप विवरण आइसकेको छैन।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्