×

NMB BANK
NIC ASIA

हिजो दिनभर : 'बास्कोटा अडियो प्रकरण' मा नेकपाले छानबिन नगर्ने ! एमसीसी परिमार्जन गरेर मात्र अनुमोदन गर्न सहमत

फागुन ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा सचिवालय बैठकमा नेताहरु एकमत: 'एमसीसी परिमार्जन गरेर मात्र अनुमोदन गर्नुपर्छ'

Sagarmatha Cement
Muktinath Bank

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा केही परिमार्जन गरेर मात्र संसदबाट अनुमोदन गर्नुपर्ने सहमति गरेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमसीसी अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएपछि नेकपा सचिवालयको पहिलो बैठक शनिबार बसेकोमा नेताहरुले कार्यदलको प्रतिवेदन अनुरुप अघि बढ्नु पर्ने बताएका हुन्।


Advertisment
Nabil box
Kumari

वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले शुक्रवार अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको थियो।

Vianet communication
Laxmi Bank

नेकपाका उपाध्यक्ष बामदेव गौतमका अनुसार ‘सचिवालयका सदस्यहरु एमसीसी परिमार्जन नगरी अनुमाेदन गर्नुहुँदैन भन्ने निष्कर्षमा पुगेका’ छन्। यद्यपि, एमसीसीबारे अर्को बैठकबाट निर्णय गर्ने छलफल भएको छ। 

सचिवालय बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएको सन्दर्भमा समेत छलफल भएको थियो।

बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बाहेक अन्य सबै सचिवालय सदस्य उपस्थित थिए।

'बास्कोटा अडियो प्रकरण' मा नेकपाले छानबिन नगर्ने !

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका निम्ति डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री पदबाट राजीनामा दिएका गोकुल बास्कोटामाथि उनको दल नेकपा आफैँले छानबिन नगर्ने भएको छ।

नेकपाकै कतिपय नेताहरूले उनीमाथि पार्टीले समेत छानबिन गर्नुपर्ने माग राखेपनि शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले  ‘राज्य संयन्त्रले नै छानबिन गर्ने भएपछि पार्टीले छुट्टै छानबिन गर्नु पर्दैन’ भनेका हुन्। ओलीले बास्कोटामाथि राज्य संयन्त्रले नै छानबिन गर्ने’ बताएका थिए।

कसिमन डिल प्रकरण बाहिरिएपछि बास्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए।

यो प्रकरणमा अख्तियार लगायतका राज्यका निकायले अध्ययन गरिरहेको जानकारी नेकपा सचिवालय बैठकमा गराइएको थियो।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठक लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए। भेटमा बाँस्कोटा प्रकरणबारे छलफल भए पनि थप विवरण आइसकेको छैन।  

नेकपा सचिवालय बैठकमा नेताहरु एकमत: 'एमसीसी परिमार्जन गरेर मात्र अनुमोदन गर्नुपर्छ'

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा केही परिमार्जन गरेर मात्र संसदबाट अनुमोदन गर्नुपर्ने सहमति गरेको छ।

एमसीसी अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएपछि नेकपा सचिवालयको पहिलो बैठक शनिबार बसेकोमा नेताहरुले कार्यदलको प्रतिवेदन अनुरुप अघि बढ्नु पर्ने बताएका हुन्।

वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले शुक्रवार अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको थियो।

नेकपाका उपाध्यक्ष बामदेव गौतमका अनुसार ‘सचिवालयका सदस्यहरु एमसीसी परिमार्जन नगरी अनुमाेदन गर्नुहुँदैन भन्ने निष्कर्षमा पुगेका’ छन्। यद्यपि, एमसीसीबारे अर्को बैठकबाट निर्णय गर्ने छलफल भएको छ। 

सचिवालय बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएको सन्दर्भमा समेत छलफल भएको थियो।

बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बाहेक अन्य सबै सचिवालय सदस्य उपस्थित थिए।

भारतले नेपाली अलैँची किन्न छाड्यो, मूल्यमा भारी गिरावट

कालो सुन भनेर चिनिएको अलैँचीको मूल्यमा भारी गिरावट भएको छ। भारतको बाटो हुँदै पाकिस्तान निर्यात नहुँदा अलैँचीको मूल्यमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठले बताए।

भारतले  नेपाली अलैँची खरिद गर्न छाडेपछि नेपाली बजारमा किनबेच बन्द भएको हो । तेस्रो देशमा निर्यात नहुँदा एक मन (१०० किग्रां) अलैँचीको मूल्य घटेर  २६ हजार पुगेको छ । केही वर्षअघि एक मनको  एक लाखको हाराहारीमा कारोवार हुने अलैँचीको मूल्यमा गिरावट आएपछि  २६ हजारमा किनबेच भइरहेको उपाध्यक्ष श्रेष्ठले बताए। उपाध्यक्ष श्रेष्ठले भने, ‘दुईचार वर्षअघि एक मनको एक लाखमा कारोवार हुने अलैँचीको मूल्य २६ हजारमा आइपुग्यो।’ 

पछिल्लो समय भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएपछि नेपाली अलैँची पाकिस्तान निर्यात ठप्प भएको छ। नेपालका अधिकांश अलैँची व्यवसायी भारतको बजारमा निर्भर हुनुपरेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ। अलैँचीलाई बङ्गलादेशले आयुर्वेदिक रुपमा प्रयोग गरेको छ। अलैँचीको निकासी सीधै बङ्गलादेश नै गर्न सकेमा राम्रो मूल्य पाउन सकिने उपाध्यक्ष श्रेष्ठले बताए।

अलैँची निर्यात कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न नेपाल अलैँची व्यवसायी महासङ्घका तर्फबाट उपाध्यक्ष श्रेष्ठ बङ्गलादेश, युनाइटेड अरब इमिरेट्स,  चीन र भारत पुगेको जानकारी दिए्। मसलाका रुपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन शुरु गरेकाले भविष्यमा बजार पाउने आशावादी बनाएको उनले बताए। पाकिस्तानले भारतको बाटो हुँदै लगिएको प्रयोग नगरेपछि मूल्यमा गिरावट आएको हो। 

अलैँचीको राम्रो मूल्य पाउन नेपालले पाकिस्तानसँगको व्यापारलाई प्रभावकारी बनाउन जरुरी छ। चीनको बाटो हुँदै पाकिस्तानसँग अलैँची व्यापार बढाउन सरकारले पहल नगरिदिँदा अलैँची व्यवसायी निराश हुनुपरेको उपाध्यक्ष श्रेष्ठको गुनासो गरे। सधैँ भारतको बजारमा निर्भर रहेको अलैंँचीको निर्यात तेस्रो मुलुकको बजारसम्म पुग्न जरुरी छ। पछिल्लो समय सबैभन्दा धेरै बङ्गलादेशमा यसको प्रयोग हुने गरेको छ। 

अहिले भारतमा अलैँची उत्पादन हुन थालेपछि नेपालमा उत्पादित अलैँची बिक्री नहुन्जेल भारतले नेपालको अलैँची माग नगर्ने गरेको व्यवसायीको भनाइ छ। अहिले अलैँची कारोवारमा भारतमा  कमी आएको पाइन्छ। गत असारदेखि नेपालबाट करिब २० प्रतिशत मात्र अलैँची निकासी भएकाले जिल्लामा अझै ४० प्रतिशत रहेको उपाध्यक्ष श्रेष्ठ बताउँछन्। ९८ प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ। दुई प्रतिशत मात्र स्वदेशमा खपत हुने गरेको तथ्याङ्क छ। सङ्खुवासभामा २९ हेक्टर  उत्पादनयोग्य जमीन रहे पनि हाल ३०० मेट्रन अलैँची उत्पादन हुँदै आएको छ।

बाबुराम भट्टराईको आह्वान : नेकपा र कांग्रेसका बुद्धिजीवी समाजवादी पार्टीमा आउनुस् !

समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको प्रगति चाहने हरेक व्यक्ति समाजवादी पार्टीमा सहभागी हुन आवश्यक रहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस दुवै दलमा कतिपय राम्रा मान्छे रहेको उनले बताए तर उनीहरूको विचार अगाडि ल्याउन नदिइएका कारण त्यस्ता विचारलाई मुद्दाका रूपमा समाजवादी पार्टीले उठाउने भएकाले बुद्धिजीवीहरू आफ्नो पार्टीमा आउनु उपयुक्त हुने डा. भट्टराईको भनाइ थियो ।

पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत शनिवार पर्वतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. भट्टराईले नेकपा नै ओरालो बाटो लागेका कारण अबको वैकल्पिक शक्ति समाजवादी पार्टी भएको दाबी गरे ।

डा. भट्टराईले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ भनेर प्रतिबद्धता गर्ने तर दिनप्रतिदिन सरकारका गलत समाचार आइरहेको बताउँदै सरकारले विश्वास गुमाउँदै गएको आरोप लगाए । 

सरकारले समृद्धि भइरहेको दाबी गरेर गुणगान गाइरहँदा आफ्नै पार्टीका मान्छेले नै मुखामुख गर्ने गरेको भन्दै उनले २ वर्षसम्म सरकारले केही गर्न नसकेको आरोप लगाए ।

लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरिँदैछ : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् ।

शनिवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सीमित भएको बताए ।

अध्यक्ष थापाले भने, ‘लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार व्याप्त छ, अहिलेको देशको ठूलो चुनौती नै भ्रष्टाचार हो ।’ देशमा संस्थागत र नीतिगत रुपमै भ्रष्टाचार भइरहेकाले यसलाई रोक्न जनता जाग्ने बेला आएको उनको भनाइ थियो ।

एमसीसीबारे पत्रकारको जिज्ञासामा उनले सबै राजनीतिक दलको सहमतिमा तयार पारिएको सम्झौता भएको भन्दै यसलाई पारित गरी कार्यान्वयनमा ल्याउनु सबैको जिम्मेवारी रहेको बताए । एमसीसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको औचित्य नरहेको उनको भनाइ थियो ।

भ्रष्टाचार र महंगी अन्त्य गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन

नेपालका लागि नेपाली अभियानले भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरेको छ । 

पछिल्लो समयमा मुलुकमा भ्रष्टाचार, महंगी, असुरक्षा, बलात्कार, महिला हिंसा र अपराध बढ्दै गएको भन्दै त्यसको अन्त्य गर्न आग्रह गर्दै अभियानकर्मीले माइतीघर मण्डलामा शनिवार प्रदर्शन समेत गरेका छन् । 

अभियानले लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायत नेपालको सिमाना र भूभागको रक्षा गर्दै धर्म, संस्कृति र सभ्यताको जर्गेना गरी राष्ट्रियताको संरक्षणमा समेत जोड दिएको छ । 

‘भ्रष्टाचारको निर्मूलीकरण, राष्ट्रियताको संरक्षण र राजनीतिक शुद्धीकरण हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित शुरू भएको अभियानले शिक्षा, स्वास्थ्यलाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउन पनि माग गरेको छ । 

अभियानकर्मी रामकृष्ण थापाले बेरोजगारी, गरिबी र सबैखाले विभेदको अन्त्य गर्दै मजदूर, किसान, महिला, युवा, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै तहका नागरिकको अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।

एमसीसी परिमार्जनसहित अनुमोदन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसीसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।

शनिवार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका हुन् ।

शुक्रवार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास दाहालले व्यक्त गरे। उनले भने, 'एमसीसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ', प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसकेको उनले जानकारी दिए। 

अध्यक्ष दाहालले सरकारको कामका विषयमा आजदेखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए । वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उनले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए। फरक प्रसङ्गमा उनले नेकपाभित्र आन्तरिक विवाद नरहेको पनि स्पष्ट गरे। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x