×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीलाई पर्खंदै दौंतरी

फागुन ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आफ्नो जन्मदिनको अवसर पारेर जन्मथलो आठराई गाउँपालिका–४ इवा आउन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दौंतरी पर्खिरहेका छन् । ओलीले यहाँ मदन भण्डारी मार्गको शिलान्यास गर्ने कार्यक्रमको तयारी पूरा भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आठराईको सुकेपोखरीबाट ओलीको जन्मथलो इवा हुँदै जननेता भण्डारीको जन्मस्थान ढुंगेसाँघुबाट ताप्लेजुङको दोभान जोड्ने करिब एक सय किलोमिटर सडकको शिलान्यास गर्दै जन्मदिन पनि मनाउन ओली जन्मघर आउन लागेको नेकपा आठराईका इन्चार्ज भीम घिमिरेले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद लक्ष्मण तिवारीका अनुसार उक्त सडकको सुकेपोखरी–प्रमाणी मावि खण्ड कालोपत्र यही वर्ष सुरु हुने र बाँकी खण्डको निर्माण अगाडि बढाउने तयारी छ । ओलीको जन्मघर इवामा विशेष कार्यक्रम आयोजना गरिएको छ । घिमिरेका अनुसार आठराई क्षेत्रका ७० वर्षभन्दा माथिका चार सय जना ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम पनि छ ।
‘आइतबारका लागि गाउँपालिकामा स्थानीय बिदा दिएका छौं,’ गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले भने । आठराईका विभिन्न ठाउँमा स्वागतद्वार बनाइएको छ । जन्मघर इवाबाट प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम पनि छ ।


Advertisment
Nabil box
Kumari

‘केपी शर्मा ओली ट्रस्ट नेपाल तेह्रथुम’ ले प्रधानमन्त्रीको जन्मथलो आसपासमा झन्डै ४०० रोपनी जमिन खरिद गरेको छ । प्रधानमन्त्रीको इच्छाअनुसार उक्त जमिनमा कृषि विद्यालयसहितको अनुसन्धान केन्द्र निर्माणको घोषणा गर्ने गाउँलेको अपेक्षा रहेको स्थानीय प्रेम फोम्बोले बताए ।

Vianet communication
Laxmi Bank

आफू जन्मिएको घरमा प्रधानमन्त्री ओली तेस्रोपटक आउन लागेका हुन् । आठराईका बासिन्दा स्वागतको तयारीमा छन् । उनी आएका बेला कृषि विश्वविद्यालय, कृषि अनुसन्धान केन्द्र, सुविधासम्पन्न अस्पताललगायत स्थापनाका लागि माग गरिने स्थानीय तुलसी संग्रौलाले बताए । नेकपा जिल्ला कमिटीले जिल्लाको विकास निर्माणको अवस्था र आयोजनाको विवरण समेटेर ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । यो गाउँमा जन्मेर ओली १२ वर्षको हुँदासम्म बसेका थिए ।

आठराई क्षेत्रका चोक–चोकमा र पाँचथरबाट तेह्रथुम प्रवेश गर्ने सीमा तमोर नदीको माझीटारदेखि नै स्वागतद्वार निर्माण गरिएका छन् । आठराईवासीले शनिबार र आइतबार घरघरमा दीपावली गर्ने कार्यक्रम तय गरेको जनप्रतिनिधिले बताएका छन् । ओलीको भ्रमण तय भएपछि जन्मघर र आसपासका क्षेत्रमा सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पुगेका छन् ।

प्रधानमन्त्रीको जन्मघर नजिकै हेलिप्याड बनाइएको छ । गाडीका लागि पार्किङस्थल छुट्याइएको छ । क्याट्रिङ र शौचालय निर्माणको काम पनि धमाधम निर्माण भइरहेको छ । ओलीको जन्मघरसम्म पुग्ने कच्ची सडकको स्तरोन्नति गरिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x