बलिउड अभिनेता आयुष्मान खुरानालाई दर्शकहरूले मन पराउँछन् भन्ने कुरा उनका प्रत्येक नयाँ फिल्मले साबित गरिरहेका छन् ।
फरक फरक फ्लेवरका फिल्म ल्याउने खुरानाले शुभ मंगल ज्यादा सावधानका रूपमा समलिंगी प्रेमकथा ल्याएका छन् र जनताले त्यसलाई खुबै मन पराइरहेका छन् ।
शुक्रवार रिलीज भएको फिल्मले ओपनिङ डेमा राम्रो कमाइ गरेपछि शनिवार पनि गजबको व्यापार गरेको छ । पहिलो दोस्रो दिन ११.०८ करोड भारु कमाएर फिल्मले कुल २०.६३ करोड भारु भित्र्याएको छ ।
यो लोभलाग्दो कलेक्सन हेर्दा फिल्मले भविष्यमा पनि राम्रो कमाइ गर्ने लक्षण देखिएको छ ।
फिल्ममा आयुष्मानसँग जितेन्द्र कुमारले रोमान्स गरेका छन् । कार्तिक र अमन नामक युवकहरूको प्रेमकथा फिल्ममा देखाइएको छ ।
फिल्मको निर्देशन हितेश केवल्यले गरेका हुन् भने निर्माता आनन्द एल राय हुन् ।
एजेन्सी