आमाले शेयर गरिन् छोराको भावुक भिडियो, करोडौं रुपैयाँ सहयोग

अस्ट्रेलियाको एक विद्यालयमा जिस्क्याइएर (बुलिइङ) समस्यामा परिरहेका नौ वर्षीय एक बालको भावुक भिडियो उसकी आमाले शेयर गरेकी छन् । 

विद्यालयमा छोरो लिन पुगेकी आमालाई देखेर छोरो रुन थाल्यो अनि मर्न चाहन्छु भन्यो । 


Advertisement

बालकमा होचोपना (ड्वार्फिजम) छ । आमाले बुलिइङको असर पीडितमा कसरी पर्छ भन्ने देखाउनका लागि भिडियो बनाएकी हुन् । 

क्वादेन नामक यी बालकको हाइट कम छ । त्यसैले उसलाई विद्यालय क्रूर तरिकाले जिस्क्याउने गरिन्छ । सचेतना फैलाउन क्वादेनकी आमा याराकाले भिडियो सामाजिक सञ्जालमा शेयर गरिन् । 


Advertisement

भिडियो भाइरल भएपछि क्वादेनको समर्थनमा प्रख्यात कलाकार ह्यु ज्याकसन लगायतका मानिसले सन्देश प्रवाह गरे । अनि होचोपना भएका कमेडियन ब्राड विलियम्सले क्वादेनलाई अमेरिका बोलाएर डिज्नील्यान्ड घुमाउनका लागि गोफन्डमी नामक अभियान समेत शुरू गरे । कुनै पनि बालकले यस्तो समस्याको सामना गर्न नहुने ब्राडले बताए । 

ब्राडले अन्लाइन फन्डका लागि जम्मा ११ लाख रुपैयाँको माग गरेका थिए तर हेर्दाहेर्दै लगभग ५ करोड रुपैयाँ जम्मा भइसकेको छ । क्वादेनलाई अमेरिका घुमाएपछि बचेको पैसाले होचोपनमा काम गर्ने परोपकारी संस्थाहरूलाई दिइने ब्राडले बताएका छन् ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्