पाइलटले अनौठो तरिकाले गरे प्रेमिकालाई प्रपोज (भिडियो)

सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको भिडियोमा एयरफोर्सका एक पाइलटले अनौठो तरिकाले प्रेमिकालाई प्रपोज गरेको देखिन्छ ।

अमेरिकी एयरफोर्सका पाइलट स्टुआर्ट शिप्पीले प्रेमिका मेरी लिस्मानलाई प्रोपज गर्नका लागि विशेष बेलूनबाट औंठीलाई आकाशमा पठाएका हुन् । आकाशमा नष्ट हुनुअघि औंठी ९० हजार फीट मासथ पुग्छ र पृथ्वीमा फर्किन्छ । 


Advertisement

शिप्पी अमेरिकाको मिसूरीमा बस्छन् । उनले केही साथीहरूसँग मिलेर आकाशमा औंठी पठाउने योजना बनाए । तर उनले वास्तविक इन्जेगमेन्ट रिंगको साटो मोडल रिंग आकाशमा पठाएका हुन् । औंठी भएको बेलूनमा क्यामरा पनि फिट गरिएको थियो । त्यसले रिंगको पूरा यात्रा क्यामरामा कैद गर्‍यो । 

बेलून आकाशमा नष्ट हुँदा औंठी पृथ्वीमा खस्यो । जीपीएसको सहायताले औंठीलाई खोज्न सकिएको थियो । प्रेमिकाले आकाशबाट झरिरहेको औंठीलाई हेर्दै गर्दा पाइलटले वास्तविक औंठी प्रेमिकाका लागि दिँदै बिहेका लागि प्रपोज गरे । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्