×

NMB BANK
NIC ASIA

नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश कमिटीले ७९ वटा स्थानीय सरकार र प्रदेश सरकारको काम कारवाहीको प्रभावकारी र निगरानी गर्न विशेष टोली खटाउने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेकपा कर्णाली प्रदेशको फागुन ६ र ७ गते बसेको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकले गरेका निर्णय पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै अध्यक्ष गोरख बोगटीले प्रदेश, जिल्ला, स्थानीय तथा टोलमा पनि यस्ता टोली खटाइने जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जनताका अपेक्षाअनुसार काम नभएको गुनासो सर्वत्र आइरहेको छ । विगतमा पार्टीका सबै कमिटी नबनेका कारण निगरानी गर्न र सरकारलाई निर्देशन दिन समस्या भएको थियो,' अध्यक्ष बोगटीले भने, ‘अब समस्या छैन । सबै तहका कमिटी गठन भइसकेका छन् । ती सबैले सरकारका काम कारवाहीलाई विगतको भन्दा थप प्रभावकारी बनाउने गरी आवश्यक निर्देशन दिनेछन् । गलत कसैले गरेको अवस्थामा पार्टीलाई जानकारी दिनेछन् । पार्टीले अध्ययन गर्ने र गलत देखिएको खण्डमा छानबिन गरी दोषीलाई कारवाही गर्ने गरी हामी अघि बढेका छौं ।’


Advertisment
Nabil box
Kumari

उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम राख्न पार्टीले सबै सरकारलाई निर्देशन दिइसकेको बताए । उनले सरकार पार्टीकै नेतृत्वमा चल्नुपर्ने बताए ।

Vianet communication
Laxmi Bank

‘सरकारलाई पार्टीले चलाइरहेको छ की पार्टीले सरकार चलाइरहेको छ भन्ने विगतमा द्धिविधा थियो तर अब पार्टीले नै सरकार चलाइरहेको स्पष्ट भएको छ । यसको प्रभावकारिता केही दिनमा नै देख्नुहुनेछ,' उनले भने, ‘विगतका कमीकमजोरी नदोहोर्याउन र प्रभावकारी भूमिका निर्वाह गर्न सबै सरकारलाई आवश्यक निर्देशन दिइसकेका छौं ।’

उनले प्रदेश सरकार परिवर्तन हुने भन्ने हल्ला निराधार रहेको बताए । ‘अहिले हामीले सरकारलाई नजिकबाट थप सहयोग गर्ने नीति अख्तियार गरेका छौं । सरकारलाई जनपक्षीय काम गर्न सहयोग गर्ने जानकारी दिएका छौं । सुझाव दिइरहेका छौं,' उनले भने ।

अहिले नै सरकार परिवर्तन भन्ने कुरा नभएको उनले बताए । 'सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको खण्डमा सरकार परिवर्तनको विकल्प पनि रहन्छ र अन्य विकल्पमा पनि जान सकिन्छ,' उनले भने ।’

प्रदेश सरकारले २ वर्षमा कानून निर्माण गरेको, संरचना निर्माण गरेको पार्टीलाई ब्रिफिङ गरेको उनको भनाइ छ । पार्टी प्रदेश सचिव मायाप्रसाद शर्माले पार्टीलाई चलायमान बनाउन पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान शुरू गर्ने निर्णय भएको बताए ।

उनका अनुसार फागुन महिनाभित्रै कर्णाली प्रदेशका दश वटै जिल्ला कमिटीको बैठक सम्पन्न हुनेछन् ।

२०७७ सालको वैशाख दोस्रो हप्तासम्म जिल्लामा विभिन्न तह, वडा, टोलसम्म भेला, प्रशिक्षणलगायतका कामहरू सम्पन्न गर्ने निर्णय भएको बताए । यसका साथै आगामी केही दिनभित्र पार्टीका ३० वटा विभाग गठन गरिने र स्थानीय तहको इन्चार्ज र सह इन्चार्ज भई भूगोलमा जिम्मेवारी पाएका बाहेकका सबै सदस्यलाई उचित जिम्मेवारी दिइने सचिव शर्माको भनाई थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x