वैदेशिक रोजगारको प्रलोभन पारेर ३२ जनालाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
‘टर्की र ग्रीस पठाइदिन्छु’ भनी ३२ जनासँग ३९ लाख ५६ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौं महानगरपालिका ६ चुच्चेपाटी बस्ने कमल प्रसाद पोखरेललाई पक्राउ गरेको हो।
उनले वैदेशिक रोजगारको सिलसिलामा टर्की र ग्रीसको वर्किङ भिसामा आकर्षक तलब हुन्छ भनि प्रलोभनमा पारी ठगेको आरोप छ।
पोखरेललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको जनाइएको छ।
लोकान्तर संवाददाता