टेनिसमा नेपाललाई स्वर्ण

आइटीएफ विश्व जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ। इन्डोनेसियाको राजधानी जकार्तामा आइतबार नेपालले पुरुष टिम स्पर्धामा यु–१४ उमेर समूहमा स्वर्ण जितेको हो। 

नेपाली पुरुष टोलीले फाइनलमा श्रीलंकालाई २–१ सेटले पराजित गरेको हो।


Advertisement

नेपाली टोलीका प्रशिक्षक कृष्णराज घलेका अनुसार यसअघि नेपालले पाकिस्तानलाई २–१, सिरियालाई ३–० तथा सिंगापुरलाई २–१ सेटले हराएको थियो। यु–१४ समूहमा नेपालबाट अकी जुवेन रावत, आरभसम्राट हाडा र प्रणव मानन्धरले प्रतिस्पर्धा गरेका थिए।

विजेता नेपाल र उपविजेता श्रीलंका आगामी मार्चमा अस्टे«लियामा हुने विश्व जुनियर प्रतियोगिताका लागि छनोट भएका छन्। 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्