बाबुरामले भने, 'चुनाव हारेकालाई प्रधानमन्त्री बनाउनु लोकतन्त्रको हत्या हो'

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचन नै नलडेका वा पराजित भएकालाई  मुलुकको प्रमुख कार्यकारी (प्रधानमन्त्री) बनाउनु लोकतन्त्रको हत्या हुने बताएका छन्।

सत्तासिन नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गर्न संविधान संशोधन कार्यदल गठन गरेकाे भनिएकाे खबर सार्वजनिक भएपछि भट्टराईले कडा टिप्पणी गरेका हुन्।


Advertisement

उनले ट्वीट गर्दै भनेका छन्, ‘विनाशकाले विपरित बुद्धि ! निर्वाचन हारेको वा चुनाव नलडेको व्यक्तिलाई देशको प्रमुख कार्यकारी बनाउनु भनेको लोकतन्त्रको उपहास मात्र नभै वस्तुतः त्यसको हत्या हो! २-३ को दम्भ र अलिकति हिम्मत छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदकानिम्ति संविधान संशोधन गर।'

नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने तयारी गरेको बताइन्छ। तर, राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था छैन।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्