×

NMB BANK
NIC ASIA

२२ प्रतिशत जनतामा बीमा पहुँच

फागुन १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चरम गरिबीको रेखामुनि रहेका जनतालाई सरकारले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आफैँले योगदान गरेर बीमा सेवा प्राप्त गर्न नसक्ने समूहलाई सरकारले निःशुल्क स्वास्थ्य बीमा सुविधा दिने बताए।

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय बीमा संस्थानको ५३औँ वर्ष प्रवेशको अवसरमा आइतबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले निःशुल्क गरेपछि साढे १६ लाख परिवारका ७५ लाख नागरिक बीमाको दायरामा आउने बताए।
बीमाको दायरा बढाउँदा साना, सीमान्तकृत र चरम गरिबीको रेखामुनि रहेकालाई पनि समेट्ने गरी लाग्न उनको आग्रह थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका डा. खतिवडाले बीमाका जोखिमलाई विविधीकरण गर्न पुनर्बीमाको जोखिमलाई पनि विविधीकरण गर्नुपर्ने आवश्यकता उहाँले औँल्याए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले सामाजिक सुरक्षाको दायरा फराकिलो पार्न बीमाको पहुँच विस्तार हुने गरी बीमा सेवा प्रदायक निकायहरूको संस्थागत र प्रणालीगत सुधार गर्ने, घुम्ती बीमा कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उहाँले बताए। बीमा सेवा प्रदायक संस्थाको व्यापक विस्तारका कारण पछिल्ला वर्षहरूमा बीमा सेवाको उल्लेख्य विस्तार भएको भन्दै उनले भने, यसको बाबजुद हालसम्म नेपालको कुल जनसङ्ख्याको २२ प्रतिशत जनतामा मात्र बीमाको पहुँच पुगेको परिप्रेक्ष्यमा संस्थानको भूमिका अझ प्रभावकारी हुँदै जानुपर्ने देख्दछु ।


Advertisment
Nabil box
Kumari

संस्थानले सङ्कलन गरेको बीमकको लगानीयोग्य रकमलाई सुरक्षित तथा प्रतिफलमुखी क्षेत्रमा लगानी प्रवाह गर्न सकिएमा यसले मुलुकको पुँजी बजार विकासमार्फत आर्थिक विकासमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले नेपालको बीमा बजारमा दक्ष जनशक्तिको उत्पादन र विकासमा संस्थानको योगदानको कदर गर्दै संस्थानले आफ्नो वित्तीय विवरणको पारदर्शितामार्फत स्वस्थ व्यावसायिकताको मार्ग पहिल्याउन सक्नुपर्ने बताए।

Vianet communication
Laxmi Bank

संस्थान सञ्चालक समितिका अध्यक्ष गङ्गाराम कँडेलले नेपालको सबभन्दा पुरानो एक मात्र सरकारी बीमकका रूपमा संस्थानले गौरवमय इतिहास बोकेको भन्दै एकै चौमासिकमा तीन गुणा बीमा प्रिमियम जम्मा गर्न सफल भएको जनकारी दिए। प्रविधियुक्त सेवाको सुरुवात नयाँ सफ्टवेयर र बीमा एप्सको प्रयोगबाट सुरु गरिएको भन्दै उहाँले भन्नुभयो, यसलाई आगामी वर्षमा तीव्र विस्तार गरिने छ । केही वर्षयतादेखि रोकिएको लेखा परीक्षण बीमा समितिबाट स्वीकृत गर्ने प्रक्रिया अघि बढाउने सङ्केत देखिसकेको छ । आगामी वर्षको सुरुवातमै बीमाङ्कीय मूल्याङ्कन स्वीकृति प्राप्त हुनासाथ बाँकी रहेका साधारण सभाहरू सम्पन्न गर्ने छौँ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x