×

NMB BANK
NIC ASIA

कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव

फागुन १२, २०७६

NTC
Sarbottam
तस्वीर सामाजिक सञ्जाल
Premier Steels
Marvel

कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएका छन् । सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए । सत्तारुढ नेकपाकै नेतृत्वमा रहेको आठराई गाउँपालिकाले त ओलीको जन्मोत्सव मनाउन सार्वजनिक बिदा नै दियो ।

Muktinath Bank

जन्मोत्सव मनाउन प्रधानमन्त्री ओलीले आफ्नै पहलमा पार्टी नेता–कार्यकर्ताका लागि बनाएको आचारसंहिताको समेत उल्लंघन गरेका छन् । गत ५ माघमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जन्मदिवस, पास्नी, व्रतबन्धजस्ता संस्कारका कार्यक्रमलाई घरपरिवारमा मात्र सीमित राख्न र तडकभडक नगरी मितव्ययिता अपनाउन नेता–कार्यकर्ताका लागि आचारसंहिता जारी गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, प्रधानमन्त्री ओली जन्मदिन मनाउन परिवारका सदस्य, संघीय सरकारका तीन मन्त्री, दुईजना प्रदेश प्रमुख, प्रदेश १ का मुख्यमन्त्री र मन्त्री तथा केही नेतालाई लिएर हेलिकोप्टरबाट आठराई पुगे । तेह्रथुमवरिपरिका मात्रै होइन, झापा र मोरङसम्मका केही सरकारी अधिकारी र नेता–कार्यकर्ता सरकारी गाडी चढेर आठराई ओइरिए । गाउँपालिकाले सार्वजनिक बिदा दिँदै कर्मचारी, शिक्षक र विद्यार्थीलाई जन्मोत्सव कार्यक्रममा उपस्थित हुन उर्दी गरेको थियो । झापाबाट क्याटरिङ झिकाएर करिब ६ हजारलाई भोज खुवाइयो । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीलाई बधाई दिन यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा छुट्टै हेलिकोप्टरमा १५ किलोको केक लिएर आठराई पुगेका थिए । उनकै हेलिकोप्टरमा नेपाल ट्रस्टका सदस्य सीताराम सापकोटा पनि जन्मोत्सव कार्यक्रममा पुगे । गाउँपालिकाले प्रधानमन्त्रीको जन्मदिनलाई भव्य बनाउन ६९ वटा मैनबत्ती, ‘ह्याप्पी बर्थ डे’ लेखिएका ६९ वटा फ्ल्याक्स र ६९ कलसको व्यवस्था गरेको थियो । कलस बोकेर स्कुले बालबालिका प्रधानमन्त्रीको स्वागतमा उभिएका थिए । गाउँ गाउँबाट बृद्धबृद्धालाई गाडीबाट कार्यक्रममा ल्याउने व्यवस्था गरिएको थियो ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीसहितका मन्त्री र नेताहरू चढेको हेलिकप्टर ल्याण्ड गराउन आठराइ गाउँपालिकाको पहलमा ओलीनिवास छेउमै हेलिप्याड बनाइएको थियो । नेकपाको स्थानीय कमिटीले दुई÷तीन महिना अघिदेखि ओलीको स्वागतको तयारी गरेको थियो । प्रधानमन्त्री ओली सेनाको एमआई–१७ हेलिकप्टरमा पत्नी राधिका शाक्यसहित पाँचथर हुँदै सवा एक बजे आठराइ उत्रिएका थिए । सेनाकै अर्को हेलिकप्टमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ, खानेपानी तथा सरसफाई मन्त्री बिना मगर, वागमती प्रदेश प्रमुख विष्णु प्रसाईं र प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सवार थिए । 

तेह्थुम जानुअघि प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद, मन्त्रीहरू, सचिवालय टिम र उच्च अधिकारीहरूको उपस्थितिमा सरकारी निवास बालुवाटारमा पनि केक काटेका थिए । उनलाई शुभकामना दिन उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुबास नेम्बाङलगायतका मन्त्री तथा नेताहरू बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली ०२२ सालमा जन्मस्थान आठराइ(तत्कालिन इवा गाविस–२ तीनसल्ले) छाडेर राजनीतिमा सक्रिय भएका थिए । दुई बर्षपछि ०२४ मा पिता मोहनप्रसाद परिवारसहितै झापा झरे । त्यसपछि ओलीको आठराइ ओहोरदोहर पनि हरायो । 

जन्म दिवस पार्टीबाट जारी आचारसंहिताविपरित 
नेकपाले गत ५ माघमा जन्म दिवस, पास्नी, ब्रतबन्ध जस्ता संस्कारका कार्यक्रमलाई घरपरिवारमा मात्र सिमित राख्न र तडकभडक नगरी मितव्ययिता अपनाउन नेता÷कार्यकर्ताका लागि आचारसंहिता जारी गरेको थियो । आचारसंहितामा छोराछोरीको विवाहसमेत सरल र मितव्ययी बनाउन निर्देशन दिइएको छ । तर, ओलीको जन्म दिनलाई उत्सवकै रुपमा मनाउन पार्टी नेतृत्वमै रहेको गाउँपालिकाले सार्वजनिक बिदा मात्र दिएन, केन्द्रदेखि स्थानीय तहसम्मले तामझाममा राज्य कोष लाखौं रकम समेत खर्च गरे ।

मन्त्रीहरू हेलिकप्टर चढेर र तीन दर्जनभन्दा बढि गाडीका लस्करसहित सरकारी अधिकारी र पार्टी नेताहरू ओलीको जन्म घर पुगे । ‘कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ,’ आचारसंहितमा भनिएको छ । 

जन्मोत्वको भोजमा सहभागीहरूलाई खिर, तरकारीसहित ‘ननभेज’ खाना खुवाउन झापाबाट क्याटरिङ झिकाइएको थियो । खुवाएको हो । प्रधानमन्त्री ओलीले भोजमा सहभागी भएकामध्ये ७० वर्ष उमेर पुगेका २ सय वृद्धलाई ज्याकेट र भादगाउँले टोपी तथा २ सय वृद्धालाई पछेउरा र साडी वितरण गरेका थिए । 

ओलीका स्वकीय सचिव इन्द्र भण्डारीका अनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यको निजी व्यबस्थापन र संयोजनमा उपहार वितरण र भोज खुवाइएको हो ।  ‘उपहार र खाना खुवाउने खर्चको व्यबस्थापन म्याडम राधिका शाक्यले निजी खर्चबाट गर्नुभएको हो’, भण्डारीले भने, ‘सडक सिलान्याशको खर्च भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निवासको जन्म दिवसको व्यबस्थापन नेकपाको स्थानीय पार्टी कमिटीले गरेको छ ।’ 

 ५ माघमा नेकपा नेता–कार्यकर्ताका लागि दुई अध्यक्षले जारी गरेको आचारसंहितामा भनिएको छ, ‘जन्मदिवस, पास्नी, व्रतबन्धजस्ता संस्कारलाई घरभित्रै सीमित गर्नू ।’ तर, एक महिनामै अध्यक्ष ओलीले आफ्नै जन्मदिन मनाउन आचारसंहिता उल्लंघन गरेका छन् ।

जन्मोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले गाउँपालिकाका करिब २ हजार विद्यार्थीलाई ‘सम्वृद्ध नेपाल, सुखी नेपाली’ नारा लेखिएको आफ्नै तस्वीर अंकित डायरी र कलम पनि वितरण गरेका थिए । ‘कतिपय उपहारहरू बिभिन्न संघ–संस्थाहरूबाट पनि जुटेका हुन्,’ प्रदेश सांसद तेजमान कन्दङ्वाले भने । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्कीले प्रधानमन्त्रीको कार्यक्रममा मन्त्रालयको तर्फबाट कुनै पनि शीर्षकमा खर्च नगरिएको बताए । ‘मन्त्रालयका तर्फबाट कुनै खर्च गरिएको छैन’, उनले भने, ‘अरु कुरा मेरो जानकारीमा छैन ।’ पाँचथरस्थित सडक सिलन्यास र खानेपानी आयोजनाको उद्घाटनको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली जन्मस्थल आठराइ पुगेका थिए । 

ओली ट्रष्ट र प्राविधिक शिक्षालयको घोषणा
जन्मोत्वस कार्यक्रममा प्रधानमन्त्री ओलीले जन्मघर नजिकै प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् । तेह्थुमको विकासका लागि आईतबारै प्रधानमन्त्री पत्नी राधिकाको अध्यक्षतामा ओली ट्रष्टको घोषणा गरिएको छ । आफ्नो २ सय ६० रोपनी जग्गा ट्रष्टलाई दिएका प्रधानमन्त्री ओलीले त्यही जग्गामा प्राविधिक शिक्षालय बनाउने घोषणा गरेका हुन् । 

उनले सुकेपोखरीबाट जन्मघर हुँदै भानु आधारभूत विद्यालय जोड्ने ९ किमी सडक कालोपत्रे गर्नेगरी शिलन्यास पनि गरेका छन् । यसको निर्माणका लागि ५४ करोडको ठेक्का भइसकेको  छ । यो सडकलाई निकट भविष्यमै मदन भण्डारी राजमार्गसँग जोड्ने गरि विकास गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री ओलीले गरे ।  नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x