×

NMB BANK
NIC ASIA

ट्रम्पसँग मिलेर यस्तो भूराजनीतिक योजना बनाउँदैछन् मोदी, भव्य स्वागत रणनीतिक कदम

फागुन १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतमा विपक्षी दलहरूले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको भव्य स्वागतमा भारत सरकारले १०० करोड भारु खर्च गरेकोमा गम्भीर प्रश्न उठाएका छन् । 

Muktinath Bank

तर विशेषज्ञहरूले भारत र अमेरिका एक वैश्विक योजनामा काम गरिरहेको र १०० करोड भारु खर्च उपलब्धिमूलक भएको बताइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तर्राष्ट्रिय मामिलाका विज्ञ कमर आगाले भने, ‘कुनै पनि विदेशी राष्ट्रप्रमुखको स्वागत गर्दा पैसा बर्बाद भएको मान्नुहुँदैन । ट्रम्प संसारको सबभन्दा शक्तिशाली मुलुकका राष्ट्रपति हुन् । उनी भारत यात्रामा आउनु भनेको दुई देशबीच सम्बन्ध प्रगाढ भएको संकेत हो । दुई हजार अमेरिकी कम्पनीहरू भारतमा काम गरिरहेका छन् । भारतका पनि २०० कम्पनीहरू अमेरिकामा काम गरिरहेका छन् । भारत र अमेरिकाबीच १४२ अर्ब डलरको व्यापार हुने गरेको छ । त्यो व्यापार पनि भारतको पक्षमा छ ।’


Advertisment
Nabil box
Kumari

अमेरिकासँग व्यापार सम्झौता नभएको विषयमा आगाले भने, ‘भारत र अमेरिकाबीच केही विषयमा सधैं मतभेद रहनेछन् । व्यापार सम्झौता नभएपनि केही कुरामा दुई देशबीच सधैं सहमति रहनेछ । आतंकवादनिरोधी अभियानमा भारत र अमेरिकाले ठूलो सहयोग आदानप्रदान गर्नेछन् । अनि अमेरिका र तालिबानबीच अफगानिस्तानका विषयमा ठूलो सम्झौता हुन लाग्दैछ । भारतलाई अफगानिस्तानको विषयमा चिन्ता छ । पाकिस्तान समर्थक तालिबानी आतंकवादी शान्ति सम्झौतापछि कश्मीरतिर आउलान् भनी भारत चिन्तित छ ।’

Vianet communication
Laxmi Bank

सूत्रहरूका अनुसार, अमेरिकाले भारतलाई अफगानिस्तानमा शान्तिसेना पठाउन दबाब दिइरहेको छ । तर भारत अमेरिकी दबाबमा पर्न नहुने आगाको भनाइ छ । सोभियत संघ र अमेरिकाले अफगानिस्तानमा भनेबमोजिमको काम गर्न नसकेको स्थितिमा भारत त्यसमा फस्न नहुने उनले बताए । 

उनले भने, ‘विश्वको नक्शामा अफगानिस्तान सामरिक रूपमा महत्त्वपूर्ण स्थानमा छ । अमेरिकाका लागि त्यो सधैं महत्त्वपूर्ण रहिरहनेछ । अमेरिकाले तालिबानसँग युद्ध नभई उसबाट सहायताको अपेक्षा गरिरहेको छ । खासमा अमेरिकाको उद्देश्य इरान र मध्य एसियामा प्रभाव जमाउन चाहेको छ । अमेरिका तालिबानको सहायताले इरानमाथि नियन्त्रण गर्न चाहन्छ । मध्य एसियाली देशहरू तुर्कमेनिस्तान, किर्गिजस्तान लगायतबाट ठूलो ग्यास पाइपलाइन अफगानिस्तान हुँदै अरब सागरसम्म ल्याउने अमेरिकाको योजना छ । ग्यास पाइपलाइनको सहायताले मध्य एसियाली देशहरूमा चीन र रुसको प्रभाव अन्त्य गर्ने अमेरिकाको योजना हो ।’

त्यसैले इरान र मध्य एसियामाथि प्रभावका लागि अमेरिकाले भारतको सहायता खोजिरहेको आगाको भनाइ छ । भारतीय जलसेनाले पश्चिम एसियादेखि दक्षिण पूर्वी एसियासम्मको सुरक्षाको जिम्मेवारी लिए हुन्थ्यो भन्ने अमेरिकाको चाहना छ । त्यसैले ट्रम्प भारतलाई अत्याधुनिक हेलिकप्टर बेच्न खोजिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x