×

NMB BANK
NIC ASIA

बुटवल उपमहानगरपालिकाले शिक्षा योजना तयार पारेको छ । 

Muktinath Bank

आगामी ५ वर्ष भित्रमा प्रत्येक बालबालिका, व्यक्ति र समुदायलाई उत्पादनमूलक तथा व्यावहारिक शिक्षाको पहुँच पुर्‍याउने दूरदृष्टि रहेको ‘बुटवल शिक्षा योजना’ सोमवार सार्वजनिक गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपमहानगरमा सोमवार एक समारोहबीच प्रमुख शिवराज सुवेदीले शिक्षा योजना सार्वजनिक गर्दै शिक्षालाई पहिलो प्राथमितामा राखेको बताए । उनले सबल आर्थिक केन्द्र समुन्नत बुटवलमार्फत समृद्ध बुटवल, सुखी जनताको लक्ष्य हासिल गर्ने गरी बुटवल उपमहानगरले आवधिक र दीर्घकालीन महत्त्वका योजना तय गरेको उल्लेख गर्दै सहकार्यका साथ कार्यान्वयन गरिने बताए । 


Advertisment
Nabil box
Kumari

उनले शिक्षा योजना तयार पार्ने क्रममा सरिक भएका विभिन्न विषयका विज्ञ, प्राविधिक, शिक्षासँग सरोकारवाला लगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यान्वयनमा पनि सबैको सहकार्य र सहयोगको खाँचो रहेको बताए । उत्पादनमूलक तथा व्यावहारिक, सीपयुक्त व्यावसायिक र प्राविधिक शिक्षाको पहुँच सबैमा पुर्‍याउने योजनाको दूरदृष्टिलाई साकार पार्नेतर्फ केन्द्रित हुन उनले सबै सरोकारवालाहरुलाई आग्रह गरे ।

Vianet communication
Laxmi Bank

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा देखिएको वर्तमान शिक्षाको व्यवस्थापन र गुणस्तरीयताको चुनौतीलाई सामना गर्दै विकसित भइरहेको नयाँ–नयाँ प्रविधि र ज्ञानविज्ञानको क्षेत्रलाई समेट्दै सम्पूर्ण बालबालिका, युवा तथा ज्येष्ठ नागरिकहरूको समेत मैलिक आधिकारको संरक्षण गर्दै उनीहरूलाई सहज, सुलभ, सरल तथा आवश्यकता अनुसार शिक्षा प्रदान गर्नकै लागि २०७६/७७ देखि २०८०/८१ सम्मको पञ्चवर्षीय शिक्षा योजना सरोकारवाला पक्षको सहभागितामा तयार पारिएको प्रमुख सुवेदीले बताए  ।

नगरपालिकाभित्रका शैक्षिक मुद्दा तथा चुनौतिहरूलाई प्राथमिकताका आधारमा समाधान गर्नका निमित्त प्रदेश तथा नगरपालिका सम्बद्ध जनप्रतिनिधि, वडा शिक्षा समिति, विद्यालय, प्राविधिक तथा सीपमूलक शिक्षण संस्था, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अन्य सम्वद्ध शैक्षिक संस्थाको अन्तर्क्रिया, छलफल सम्पन्न गरी योजनाको निर्माणमा प्राथमिकता प्रदान गरिएको शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x