कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बागमती प्रदेश सरकारले एसियाकै पुरानो सुरुङमार्गको पुनर्निर्माण गर्ने भएको छ। ऐतिहासिक सम्पदाको संरक्षण गर्न तथा पर्यटन प्रवर्द्धनका लागि सुरुङमार्गको जीर्णोद्वार गरेर पुनःसञ्चालनमा ल्याउने योजना अगाडि सारिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए।
तत्कालीन समयमा एसियाका विशाल र शक्तिशाली भनिएका देशले बनाउन नसकेको सुरुङमार्ग नेपाली प्राविधिक र कामदारसमेत नेपालीलाई नै सहभागी गराएर निर्माण हुनु आफैँमा गौरवपूर्ण भएको उनको भनाइ छ। त्यो इतिहासको प्रचारप्रसार गर्नु तथा पर्यटन प्रवद्र्धन गर्नु एवं विकासका परम्परागत प्रविधिका बारेमा अध्ययन गर्ने स्थलका रुपमा विकास गरेर विगतमा के कस्ता सामग्रीको प्रयोग कसरी गरिँदोरहेछ भन्ने जानकारी वर्तमान पुस्ता र भावी पुस्तालाई समेत गराउने उद्देश्यसहित व्यवस्थित र सुरक्षित तबरले पुनःनिर्माण गरिने उनको भनाइ छ ।
प्रदेश दुईसँगसमेत सहकार्य गरेर सुरुङमार्गलाई आकर्षक हिसाबले पुनःनिर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल बताउँछन्। चुरियामाई मन्दिर र सुरुङमार्ग प्रवेश गर्ने स्थानमा आकर्षक प्रवेशद्वार निर्माण गरिने उनले बताए। पुरातत्व विभागसँग समन्वय गरेर काम गरिने उनको भनाइ थियो ।
‘हाम्रा राजा क्या अक्कलधारी ल्याए मोटर चुरेलाई भ्वाङ पारी’ विसं १९७३ मा पाँचौँ राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बाराको अमलेखगञ्जबाट मकवानपुरको हेटौँडा छिचोल्न सुरुङ खनिएपछि मकवानपुरका स्थानीयवासीले यस्तो गीत बनाएका थिए । उक्त गीत बुढापाका हिजोआज समेत गुन्गुनाउँछन्।
आफ्नो २८ वर्षे शासनकालमा चन्द्रशमशेरले थुप्रै विकास निर्माणका काम गरेका थिए । त्यो काममध्येको महत्वपूर्ण काम थियो अमलेखगञ्जदेखि भीमफेदीसम्मको मोटर बाटो । सोही खण्डमा पर्ने बारा र मकवानपुर जोड्ने विशाल चुरे पहाडलाई प्वाल पारेर द्रुतमार्ग (सुरुङ) बनाइएको थियो ।
त्यस समय भारतबाट बाराको अमलेखगञ्जसम्म रेल आउँथ्यो भने अमलेखगञ्जदेखि मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको थियो । भीमफेदीबाट काठमाडौँ जाने मोटरबाटो नभए पनि साना गाडी बोकाएरै काठमाडौँ पु¥याइन्थ्यो । अमलेखगञ्ज–भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरेमा भने मोटर उक्लन निक्कै गाह्रो थियो ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको समेत खर्च बढी हुने भएपछि सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो ।
आजभन्दा १०३ वर्षअघि बनेको त्यो सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एशियामै सुरुङमार्ग नभएको त्यही समय नेपाल आएका भूगोल शास्त्री टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन् । उनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रुपमा उल्लेख गरेका छन् । स्वीट्सजरल्याण्डबाट नेपालको खानी लगायतको भूगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किन्डम अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् ।
नेपालका पहिलो इञ्जिनीयर डिल्लीजङ्ग थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ। इञ्जिनीयर थापाले सुरुङ खन्न थालेपछि उहाँलाई सपनामा देवीले म बसेको ठाउँमा बाटो खनिस त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर भनेका कारण थापाले मन्दिर बनाएको किंवदन्ती पाइन्छ ।
चुरिया सुरुङ, हेटौँडा–काठमाडौँ रोपवे, धरहरा, शीतल निवास र घण्टाघरको पुनःनिर्माण, नेपालको प्रथम रेल्वे जनकपुर–जयनगर रेल्वे निर्माण आदि महत्वपूर्ण निर्माण गरेका इञ्जिनीयर थापाले विदेशबाट महङ्गा उपकरण झिकाएर चुरेको पहाड काटेर फाल्नुभन्दा नेपाली श्रमिक र नेपाली उत्पादनकै प्रयोग गरेर सुरुङ निर्माण गर्नु उपयुक्त र सस्तोसमेत हुने ठानेर सुरुङ निर्माण गरेको बताइन्छ ।
नौ फिट चौडाइ र १० फिट उचाइ भएको यो सुरुङको लम्बाइ भने ६०० मिटरको रहेको थियो हाल एकापट्टीको भाग भत्किएर करिब १०० मिटर जति पुरिएको जनाइएको छ। त्रिभुवन राजपथको सञ्चालनपछि विसं २०१८ देखि सुरुङमार्गको प्रयोग हुन छोडेको स्थानीय अग्रज बताउँछन्। विसं २०१३ मा आफू ललितपुरबाट भारत जाँदा बाइरोडको बाटो हुँदै चुरियाको सुरुङमार्ग छिरेर गएको सम्झन्छन् मकवानपुरगढी गाउँपालिकाका ८३ वर्षीया भीमप्रसाद घिमिरे। घिमिरेका अनुसार बाइरोडको विस्तार पछि सुरुङमार्गको प्रयोग नभए पनि ०४५ सालसम्म पैदल आवतजावत गर्न मिल्नेगरी दुवैतर्फ प्वाल थियो ।
विसं ०४५ को भूकम्पपछि भने एकतर्फको प्वाल टालियो । त्यसपछि भने गोठालाको ओत लाग्ने ठाउँका रुपमा र चुरियामाईको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको घुमफिर गर्ने स्थानका रुपमा मात्र रहेको सुरुङमार्गलाई २०७२ सालको भूकम्पले थप क्षतिग्रस्त बनायो । त्यसपछि पुरातत्व विभागले सुरुङको ऐतिहासिकता परीक्षण गरेर त्यहाँ छिर्न तथा अवलोकन गर्न निषेध गरेको छ ।
प्रदेश सरकार गठन भएपछि भने यो सुरुङमार्गले चर्चा पाउन थालेको छ । यसको जीर्णोद्धार गर्न भन्दै प्राविधिकबाट पटकपटक निरीक्षण भएर अध्ययन थालिएको जनाइएको छ । हेटौँडा उपमहानगरपालिकाले पनि सुरुङको प्रवेशद्वार नजिकै सुरुङमार्गका डिजाइनर इञ्जिनीयर थापाको शालिक निर्माण गर्ने भएको छ । सुरुङको मुखै नजिक थापाको अर्धकदको शालिक बनाउने काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ । ऐतिहासिक सुरुङमार्गको विकास र संरक्षणमा उपमहानगर लाग्ने उपमहानगरपालिकाका सामाजिक क्षेत्र हेर्ने अधिकृत रामकृष्ण थापाले जानकारी दिए। – रिपेश दाहाल/रासस
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...