हुलाकका प्रमुखसहित २ जनाविरुद्ध झन्डै तीन करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुलाक बचत बैंकको रकम हिनामिना प्रकरणमा दुई जनाविरुद्ध मुद्दा चलाएको छ। 

जिल्ला हुलाक कार्यालय बझाङका कार्यालय प्रमुख रणबहादुर कठायत र सोही कार्यालयका खरिदार शिवराज उपाध्यायविरुद्ध सामेबार विशेष अदालतमा मुद्दा दायर भएको हो। 


Advertisement

सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्वविपरीत उनीहरुले  दुई करोड ९४ लाख ८९ हजार ९ सय ७१ बराबरको दुरुपयोग गरेको पाइएको आयोगले जनाएको छ । आयोगले उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायको समेत माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्