कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिएको राजीनामा स्वीकृत भएको छ। मलेसियाका राजाले उनको राजीनामा सोमबार नै स्वीकृत गरेको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन्।
सरकारका मुख्य सचिव मोहम्मद जुकि अलीले महाथिरको राजीनामा राजाबाट स्वीकृत भइसकेको सोमबार पुष्टि गरे। उनका अनुसार मलेसियाली राजाले महाथिरको राजीनामा स्वीकृतिसँगै उनलाई नै अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी दिए। नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्मका लागि संविधानको परिधिमा रहेका अन्तरिम प्रधानमन्त्रीको रूपका काम गर्न महाथिरलाई नै जिम्मेवारी दिइएको मुख्यसचिवद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
संसारभरीका प्रधानमन्त्रीमध्ये ‘सवैभन्दा वृद्ध’ प्रधानमन्त्री ९४ बर्षिय महाथिरले सोमबार बिहान राजीनामा दिएका थिए।
दुई वर्ष पहिले निर्वाचनमा विजयी भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरुले सत्ता छाड्ने एकाएक निर्णय गरेपछि राजीनामा गर्न बाध्य भएका थिए।
प्रधानमन्त्री महाथिरकै दलका सांसदहरुले विपक्षी दलसँग गठबन्धनमा गरेर नयाँ सरकार गठन गर्ने तयारी गरेको समाचारमा जनाइएको छ। महाथिरले आफ्नो उत्तराधिकारीका रुपमा अनवर इब्राहिमलाई अघि सार्न खोजेको भन्दै पार्टीभित्र असन्तोष चुलिएको थियो।
महाथिर र अनवर दुबैले मलेसियाको राजनीतिमा वर्षौंदेखि प्रभाव पारिरहेका छन्। यी दुई वरिष्ठ नेताको अग्रसरतामा सन् २०१८ को चुनावमा तत्कालीन सरकार परास्त भएको थियो। चुनाव अघि यी दुई नेताबीच निश्चित समयभित्र आलोपालो सरकार चलाउने सहमति भएको थियो। महाथिरले अनवरलाई एक बर्षमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता चुनावका बेलामा व्यक्त गरेको भएपनि ढिलाई गरेका थिए।
पछिल्लो राजनीतिक सङ्कटका कारण भ्रष्टाचारको आरोपमा मुद्दा झेलिरहेका मलाए पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री नजिब रजाकको भूमिका फेरि बढ्ने अनुमान गरिएको छ । कट्टरपन्थी इस्लामिक पार्टीसँग गठबन्धन गरेको मलाए पार्टीको प्रभाव मलेसियाको राजनीतिमा पुनः देखिने छ। अनवर र उहाँकी पत्नी उपप्रधानमन्त्री वान अजिजा वान इस्माइलले पनि राजालाई भेट्ने कार्यक्रम तय भएको छ।
मलेसियाली राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले संसदमा कुन पक्षको बहुमत छ भनेर निर्णय गर्ने वा नयाँ चुनाव घोषणा गर्ने भन्ने मध्ये एउटा विकल्प रोज्ने अनुमान गरिएको छ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...