×

NMB BANK
NIC ASIA

चुलियो सुनको भाउ

फागुन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुनको भाउ सोमबार प्रतितोला ८० हजार ३ सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। २०७५ मंसिर १६ मा तोलाको ५७ हजार २ सय थियो।

Sagarmatha Cement
Muktinath Bank

एक वर्षमै पहेंलो धातुको मूल्य २३ हजार १ सय रुपैयाँ अर्थात् ४०.३८ प्रतिशत बढेको छ। भाउ बढ्ने क्रम तीव्र छ। फागुन लागेपछि तोलामा ४ हजार ६ सय महँगियो। कात्तिक २२ पछिको साढे ३ महिनाको मूल्य हेर्ने हो भने तोलामा १० हजार ४ सय बढेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामान्यतया सुनको भाउ यसरी बढ्दैन। अहिले छिमेकी मुलुक चीनबाट सुरु भएको घातक भाइरस ‘कोरोना’ संक्रमणका कारण सुनको मूल्य चुलिएको हो। संक्रमण नियन्त्रण हुन नसकेपछि सुनको भाउ अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।


Advertisment
Nabil box
Kumari

विवाह र सामाजिक पर्वको मौसममै सुनको भाउ यसरी चुलिँदा नेपाली ग्राहक मर्कामा परेका छन्। ‘हिउँदमा सुनको भाउ बढेपछि अत्यावश्यकबाहेक धेरैले त किन्दैनन्,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष तेजरत्न शाक्य भन्छन्, ‘किन्नैपर्नेलाई बढी पैसा खर्चनुपरेको छ।’ अहिले सुनको व्यापार करिब ७० प्रतिशत घटेको व्यवसायीले बताएका छन्।

Vianet communication
Laxmi Bank

नेपालमा काँचो सुनमा लगानी गर्ने कानुन छैन। अधिकांश विकसित मुलुकमा सुनमा लगानी गरेर नाफा कमाउन पाइन्छ। ती मुलुकमा लगानीकर्ताले सुन किन्न थालेका छन्। विश्वमा ५० प्रतिशत सुनमात्रै गहनामा प्रयोग हुन्छ।

कोरोना संक्रमणका कारण चीनसँगै सिंगो विश्व अर्थतन्त्र शिथिल हुँदै छ। कैयन् ठूला उद्योग बन्द भएका छन्। संसारकै सबैभन्दा ठूलो वस्तु निर्यातक मुलुक चीन सुनसान भएको छ।

सेयर बजार, ऋणपत्र, औद्योगिक क्षेत्र र व्यापारमा लगानी गर्ने पैसा अहिले सुनमा लगानी हुन थालेको छ। पृथ्वीमा सुन अरू धातुजस्तो जति पनि निकाल्न सकिँदैन। वैज्ञानिकको हालसम्मको अनुसन्धानअनुसार विश्वमा एक लाख ७१ हजार ३ सय टन मात्रै सुन छ। पृथ्वीको सबै सुन एकै ठाउँमा राख्ने हो भने २०.७ घनमिटरको डल्लो बन्छ।

सीमित सुन भएकाले नै संसारभर यसको महŒव बढी छ। युद्ध खतरा बढ्दा होस् वा यस्तै महामारी वा अन्य कारणले अर्थतन्त्र डगमगाउन थाल्दा लगानीकर्ताको धन सञ्चय गर्ने माध्यम सुन बन्ने गरेको छ। यस्तो बेला सरकारले सुन थुपार्छ। नेपाल राष्ट्र बैंकले पनि करिब ३९ अर्ब रुपैयाँ सुन र एसडीआर (अन्तर्राष्ट्रिय मुद्रा कोषले तयार पारेको डलरजस्तै एक किसिमको मुद्रा) मा लगानी गरेको छ।

विश्वमा सबैभन्दा धेरै सुन उत्पादन गर्ने देश चीन हो। संसारको १२ प्रतिशतभन्दा ज्यादा खानीजन्य सुन चीनमै उत्पादन हुन्छ। पछिल्ला वर्षमा चीनले अमेरिकी डलरको सञ्चिति बढाउन सुन बजारमा आफ्नो उपस्थिति बढाउँदै लगेको थियो। अहिले चिनियाँ सुनको उत्पादन खस्केको छ।

सुनको मूल्य महँगिन्छ र विदेशी ऋणपत्रको नाफा घट्छ भन्ने अनुमानमा सरकार पनि सुनमै बढी पैसा सञ्चित गर्न चाहन्छन्। थुप्रै सरकारी संस्था र निजी लगानीकर्ताले सुनमै पैसा खन्याउन थालेका छन्।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य सन् सात वर्षयताकै उच्च भएको छ। नेपाली समयअनुसार सोमबार साँझ ८ बजे अन्तर्राष्ट्रिय बजारमा स्पट गोल्डको मूल्य प्रतिऔंस १६ सय ७९ अमेरिकी डलरभन्दा माथि पुगेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य शृंखला नियाल्ने हो भने पनि प्राविधिक रुपमै अहिले सुन महँगिने देखिएको छ। वित्तीय बजारको रेखाचित्र विश्लेषणमा ‘राउन्डेड बटम’ भनिने अर्धचन्द्राकार आकृति तयार भएको छ।

यसले मूल्यवृद्धिलाई अझै उचाल्न सक्ने संकेत गर्छ। अहिलेको रफ्तार पूरा हुने सुनको भाउ प्रतिग्राम ५८ डलरको हाराहारी पुग्न सक्ने देखिन्छ। यही स्तरमा सुनको मूल्य पुग्यो भने नेपाली बजारमा सुनको भाउ प्रतितोला ८६ हजार रुपैयाँ हाराहारी पुग्न सक्छ। अन्नपट्ठर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x