×

NMB BANK
NIC ASIA

सडकबाट उद्धार गरिएकामध्ये ७ जनाको मृत्यु

फागुन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

काठमाडौँ महानगरपालिकाले गत मङ्सिर २९ गतेबाट शुरू गरेको अभियानमा हालसम्म ७४९ को उद्धार गरिएको र तीमध्ये ५८८ जनालाई परिवारसँग पुनःमिलन गराइएको जानकारी गराएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हालसम्मको अवधिमा ७४९ व्यक्तिलाई उद्धार गरिएको बताए । यीमध्ये ६९६ लाई काठमाडौँ महानगरपालिका क्षेत्रभित्रबाट र ५३ लाई अन्य नगरबाट उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये ७३ जनाको स्थायी ठेगाना कामपा हो । पैँतालीस जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तथ्याङ्क प्रस्तुत गर्दै अधिकारीले भने, 'सत्तरीको स्क्रिनिङ हुन बाँकी छ, ५१ जनालाई आश्रम स्थानान्तरण गरिएको छ भने सातको मृत्यु भएको छ ।'


Advertisment
Nabil box
Kumari

काठमाडौँमा मागेर गुजारा चलाउनेलाई व्यवस्थापन गर्ने महानगरको अभियानलाई थप व्यवस्थित गर्न सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र मानवअधिकारका पक्षमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिसँग बसेर आगामी कार्यक्रम अघि बढाइने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए । 

Vianet communication
Laxmi Bank

सडकलाई बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त बनाउन गठित मूल समारोह समितिको संयोजक एवं महानगर प्रमुख शाक्यले बेसहारा एवं समस्यामा परेका बालबालिका, महिला र ज्येष्ठ नागरिकका लागि काम गर्ने मन्त्रालय र मानवअधिकारका सवालमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिले देखेको समाधानको बाटो बुझेर अभियानलाई अघि बढाउनुपर्ने बताए । 

यसका लागि गाँस, बास र कपासका लागि खर्च दिन महानगर तयार रहेको भन्दै उहाँले बस्ने घर हुँदाहुँदै, बस्ने घर र खाने व्यवस्थाको जोहो गर्न सक्ने क्षमता हुँदाहुँदै सडकमा आएर समस्या सिर्जना नगर्न पनि प्रमुख शाक्यले सम्बन्ध भएका सबैसँग आग्रह गरे। 

उद्धार गरिएका व्यक्तिको अवस्था हेरेर स्क्रिनिङ सेन्टरमा कम्तीमा पाँच दिन र बढीमा ७० दिनसम्म राख्ने गरिएको छ । यसरी सडकबाट उठाइएका व्यक्तिमा १६ वर्षमाथि ४० वर्षभन्दामुनि पुरुष र महिला दुवै उमेर समूहका व्यक्ति बढी छन् । तीमध्ये पनि रक्सी र लागुऔषधको प्रयोगकर्ता धेरै छन् । बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीको कार्यक्षेत्रसँग सम्बन्धित काममा आफूले सहयोग पु¥याउन सक्ने धारणा राखे ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x