×

NMB BANK
NIC ASIA

सुन्तला गाउँ सिंगानामा मौरीका घारैघार

फागुन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्लाको बागलुङ नगरपालिका–८ सिंगाना बाँसबोटका तेजेन्द्र गौतमले जीवनमा धेरै हण्डर ठक्कर खाए । रोजगारीका लागि १० वर्ष भारतको मद्रास बसे। ज्याला मजदूरीको त्यो जागिरबाट सन्तुष्ट हुन नसकेर नेपाल फर्कनुभएका गौतमले स्वदेशमै पनि जागिर र अरु केही व्यवसाय गरे। तर अहिले उनलाई आम्दानीको स्रोत र सन्तुष्टि दिलाएको छ मौरी पालनले । 

Muktinath Bank

बागलुङको सिंगाना गाउँको पहिचान सुन्तला गाउँ पनि हो । यहाँका सुन्तला नेपालकै स्वादिलो भन्दै सुन्तला मौसममा उपभोक्ताको घुइँचो लाग्ने गर्दछ । तर केही वर्षयता भने तेजेन्द्र गौतम र अरु केही मेहनेती युवाका कारण अहिले त्यो गाउँका घरमा मौरीका घार भरिएका छन् । यसै त सुन्दर सिंगाना गाउँलाई सुन्तलाका बोट र मौरीका घारले सिंगारेर झनै सुन्दर बनाइदिएका छन् ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गौतम भन्छन्, 'विदेशबाट फर्किएपछि परिवार पाल्न झनै समस्या भयो, जिल्ला हुलाक कार्यालय बागलुङमा सात वर्ष करारमा हुलाकीको काम पनि गरेँ, अरु सानातिना व्यवसाय गरेँ तर केही भएन । अहिले भने मौरीपालनले जीवन धान्न सजिलो बनाइदिएको मात्र होइन कि एक किसिमलेभन्दा मेरो जीवनमै परिवर्तन ल्याएको महसुस भएको छ ।' 


Advertisment
Nabil box
Kumari

गौतमको गाउँमै केही गर्ने साँेच आयो र पछिल्लो समय मौरीपालन थालेका गौतलाई यही व्यवसायले जीवनमा ठूलो परिवर्त नै ल्याइदिएको छ । अहिले ४० वर्षका गौतमको घर मौरीका घारले ढाकेको छ । उनकाे घरमा अहिले ६० वटा मौरीका घार छन् । उनले मह मात्र नभएर मौरीसहितको घार पनि बिक्री गरेर मनग्गे आम्दानी गर्दै आउनुभएको छ । विदेशमा धेरै दुःख र जागिरमा पाएको सकसलाई पूर्णविराम लगाएर थालिएको मौरीपालन व्यवसाय उनकाे आम्दानीको प्रमुख स्रोत बन्दै गएको देखिन्छ । भन्छन्, 'बिहानैदेखि रातिसम्म मौरीसँगै रमाउँछु, परिवार नै खटेका छौँ, यसले मलाई आम्दानी र सन्तुष्टि दुवै दिलाएको छ ।' 

Vianet communication
Laxmi Bank

विसं २०६३ मा तीन वटा परम्परागत (मुढे) घारबाट मौरी पाल्न शुरू गर्नुभएका गौतमले विस्तारै आधुनिक घार थप्दै व्यावसायिकरुपमै मौरीपालन थालेका थिए । 'गत वर्ष मसँग १०० घार मौरी थिए', गौतमले भने, '४० घार माहुरीसहितको घार बिक्री गरेँ, अहिले फेरि १०० घार पुर्‍याउने योजनामा छु, केही महिनामा पुग्छ होला ।'

जङ्गल क्षेत्र प्रशस्त रहेको सिंगानामा मौरीलाई पर्याप्तमात्रामा चरणको व्यवस्था भएकाले मौरीको सङ्ख्या बढेको र यो व्यवसाय फस्टाउँदै गएको गौतमले बताए । सिंगाना मौरीपालनका लागि निकै सम्भावना बोकेको गाउँका रुपमा आफूले पाएको उनकाे अनुभव छ । मौरीपालनलाई थप व्यवस्थित गर्दै लगेको गौतमको भनाइ छ । 'जीवनमा धेरै दुःख पाइयो कहिले भारतको मद्रास त कहिले हुलाकमा नोकरी', उनले भने, 'मौरी पालनले मेरो जीवनमा धेरै परिवर्तन गर्‍यो, विदेश र नोकरीले नदिएको सन्तुष्टि अहिले यसले दिएको छ । ।' गौतमले अहिले पहाडी भूभागमा पाइने स्थानीय जातको (यतीस शेरेना) जातको माहुरी पाल्दै आएका छन् । 

गाउँको हावापानीमा उत्पादन भएको मह अर्गानिक भएको भन्दै मह किन्ने उपभोक्ता घरमै आउन थालेपछि गौतम यतिखेर दङ्ग हुन् । यसै कारण पनि पुनः सय घार मौरी पुर्‍याउने सोचमा हुन् । उत्पादन भएको मह बिक्रीमा कुनै समस्या नभएपछि महलाई व्यावसायिकरुपमा नै बढाउँदै लैजाने सोच आएकोे गौतमले बताए । उत्पादन भएको मह गाउँमै खपत हुन्छ अहिले मह र माहुरीसहितको घारसमेत बिक्री गर्दै आएको उनकाे भनाइ छ ।

मौरीपालनलाई गाउँभरि विस्तार गर्न मौरीका घार फुटाउँदै बिक्री गर्दै आएको गौतमले जानकारी दिए । उनले एक घारबाट एक वर्षमा दुई पटक गरी १० माना मह उत्पादन हुँदै आएको बताए । गाउँमा प्रशस्त चरण क्षेत्र भएकाले उत्पादन भएको मह अर्गानिक भएको र औषधि उपचारका लागिसमेत मह खरिदका लागि घरमै उपभोक्ता आउने गरेको बताए । उनले मौरीपालनसम्बन्धी धेरै तालीम लिइसकेकाले मौरीलाई फुटाउने र यसबाट धेरै घारसमेत बनाउने गर्छन् । गौतमले भने, 'मह मात्रै हैन, व्यावसायिक पालन गर्नेलाई माहुरीसहितको घार नै बिक्री गर्दै आएको छु ।' पछिल्लो समयमा महभन्दा पनि घार किन्नेको सङ्ख्या निकै बढेको उनकाे भनाइ छ ।

उनले माहुरीसहितको घार आठ हजार रुपैयाँमा बिक्री गर्ने गर्नुहुन्छ । त्यसैगरी मह प्रतिमाना एक हजार रुपैयाँमा बिक्री गर्दै आएका छन् । थोरै लगानीमा दीर्घकालीन आम्दानी गर्नका लागि मौरीपालन व्यवसाय निकै राम्रो भएको उनकाे अनुभव रहेको छ । उनले एक वर्षमै एक घार मौरी फुटाएर चार घार बनाउन सकिने बताए । महमात्रै नभएर मौरीसहितको घार बिक्री गर्दा आफूजस्ता मौरीपालक किसान बढ्ने भएकाले पछिल्लो समय घार फुटाउँदै बिक्री गर्दै गरेको गौतमले जानकारी दिए । एक वर्षअघि मात्र मौरीलाई फार्मका रुपमा विकास गरेर ‘आर्जन एण्ड आर्जिता’ मौरी फार्म दर्ता पनि गरेका छन् ।

गौतमको मौरी फार्मलाई गत वर्ष कृषि ज्ञान केन्द्र पर्वतले एक सय घार मौरी बनाउन सफल भएको भन्दै चार लाख ५० हजार रुपैयाँ अनुदानसमेत उपलब्ध गराएको थियो । अनुदानले मौरीपालन गर्न झनै हौसला प्रदान गरेको उनले बताए । 'मैले आवश्यक परेमा मौरी पाल्न इच्छुकलाई निःशुल्क प्राविधिक सल्लाहसमेत दिँदै आएको छु', उनले भने, 'यस जिल्लामा र विशेषगरी सिंगानामा प्रशस्त चरन भएको जङ्गल क्षेत्र भएकाले यस्ता स्थानमा मौरीका लागि राम्रो वातावरण हुन्छ र यसबाट मनग्गे आम्दानी पनि गर्न सकिन्छ ।' 

शुरू मा मौरीको आधुनिक घार खरिद गर्नबाहेक कुनै खर्च नलाग्ने भन्दै गौतमले सामान्य लगानीमा धेरै नाफा कमाउन मौरीपालन गर्न अन्य बेरोजगार युवालाई समेत सल्लाह दिन्छन् । देशमा रोजगारी नपाउने समस्या भएकाले त्यस्ता युवायुवतीलाई मौरीपालन व्यवसाय शुरू गर्न उनकाे सुझाव छ । महमात्रै बिक्री गरेर उनले वार्षिक कम्तीमा पनि पाँच लाख आम्दानी गर्दै आएका छन् । 

मौरीपालनमा सबैभन्दा कम खर्च हुने भएकाले आम्दानीको ७० प्रतिशत रकम बचत गर्न गौतम सफल हुनुभएको छ । उनले महभन्दा मौरीसहितको घार बिक्रीबाट धेरै आम्दानी गर्दै आएको बताए । गौतमले गत वर्ष मौरीसहितको ४० घार बिक्री गरेर तीन लाख रुपैयाँ आम्दानी गरेको सुनाए।

गौतम मौरीपालकको अगुवा संस्था नेपाल मौरीपालन महास्घ बागलुङ शाखाको अध्यक्ष पनि हुन्। विदेशमा गएर ठक्कर खाएर नेपाल फर्कनुभन्दा शुरू मै कृषि पेशा अँगाल्दा अहिले घरमै बसेर धेरै आम्दानी गर्न सकिने उनकाे अनुभव छ । 

सिंगानामा गौतम जस्तै अरु पनि १२ जनाभन्दा बढी मौरीपालक किसान हुन् । करिब छ वर्ष कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित लुम्ले कृषि अनुसन्धान केन्द्रमा जागिर गरेको अनुभव गाउँमै सदुपयोग गर्दै आएका छन् । सिंगाना गडेबोटका हरिबहादुर क्षेत्रीले पनि । उनले पनि केही वर्षदेखि मौरीपालन व्यवसाय शुरू गर्नुभएको छ । हालसम्म पशुपालन तथा तरकारीखेती गर्दै आउनुभएका क्षेत्रीले ११ घारबाट मौरीपालन व्यवसाय शुरू गरेका हुन् । 'दश वर्षदेखि कृषि अनुभव गाउँमै सदुपयोग गर्दै आएको छु', क्षेत्रीले भने, 'घर वरपर तोरी तथा फूलजन्य वृक्ष प्रशस्त भएका कारण मौरीपालनका लागि वातावरण रहेको छ र म पनि यसैतर्फ आकर्षित भएको हुँ ।'

सिंगानालाई ‘एक घर–एक मौरीघार’ बनाउने उद्देश्यका साथ गत वर्ष बागलुङ नगरपालिकाको कृषि शाखाले ८० थान मौरीका घार वितरण गरेको बागलुङ नगरपालिका–८ का वडा अध्यक्ष जीतबहादुर क्षेत्रीले बताए । 'अध्ययनका क्रममा सिंगानामा मौरीपालनको निकै सम्भावना देखियो', क्षेत्रीले भने, 'सुन्तला गाउँका रुपमा रहेको सिंगानामा सुन्तलासँगै मौरीपालन व्यवसाय फष्टाउँदैछ ।' क्षेत्रीका अनुसार किसानको मागअनुसार यो चालू आर्थिक वर्षमा मौरीसहितको घार वितरण गर्ने योजनामा रहेको सिंगाना वडा कार्यालयले जनाएको छ । 

आगामी पाँच वर्षभित्र सिंगानाका सबै घरमा मौरीका घार हुनेगरी ‘एक घार, एक मौरी’ कार्यक्रम ल्याइएको हो । सुन्तला उत्पादन हुने क्षेत्रमा मौरीले चरन क्षेत्रका रुपमा सुन्तला बगैँचालाई प्रयोग गर्दा यहाँ उत्पादन भएको मह अर्गानिक तथा निकै स्वादिष्ट हुने गरेको छ । सिंगानामा सुन्ताला, तोरी, पैँयु र लालीगुराँस लगायतका वृक्ष छन् । यहाँ राम्रो सुन्तालाका बिरुवा पनि पाइने भएकाले अन्य स्थानको तुलनामा मौरीपालनको व्यावसायिक सम्भावना बढ्दै गएको किसानले बताउँदै आएका छन् । 

मह खानका लागि स्वादिष्ट हुने मात्र नभएर यसको औषधीय गुणसमेत छ । महलाई आयुर्वेदीय औषधिका रुपमा समेत प्रयोग गरिन्छ । महमा मानव स्वास्थ्यका लागि आवश्यक एन्टिअक्सिडेन्ट्स, भिटामिन, एन्जाइम, क्याल्सियम, आइरन, सोडियम, क्लोरिन, पोटासियम पाउन सकिन्छ । नियमितरुपमा मह सेवन गर्नाले एलर्जी, रुघाखोकी, घाँटीको समस्या कम हुनुका साथै मोटोपन घटाउने, अनिद्रा हटाउने र अल्सर तथा क्यान्सरको समस्यासमेत समाधानमा सहयोग पुर्‍याउने चिकित्सक बताउछन् ।  खेमराज गौतम,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x