इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको मृत्यु

इजिप्टमा ३० वर्षसम्म शासन चलाएका पूर्व राष्ट्रपति होस्नी मुबारकको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।

९१ वर्षका मुबारक कैयौं हप्तादेखि अस्पतालमा थिए । उनलाई आईसीयूमा राखिएको उनका वकिल फरीद अल–दीबले बताएका थिए ।


Advertisement

उनको आन्द्रामा गरिएको शल्यक्रियामा जटिलता आएको समेत बताइएको थियो ।  

सन् २०११ मा भएको अरब क्रान्तिमा मुबारकलाई सत्ताच्युत गरिएको थियो । 


Advertisement

मुबारकलाई आधुनिक फारोआह भन्ने नाम दिइएको थियो र उनले सन् १९८१ देखि तीन दशकसम्म निरंकुश शासन चलाएका थिए । अरब क्रान्तिपछि उनलाई वर्षौंसम्म कारागारमा राखिएको थियो । 

क्रान्तिका बेलामा सरकारविरोधी प्रदर्शनकारीको हत्या गरेको आरोपमा उनलाई आजीवन कारावासको सजाय दिइएको थियो । तर अधिकांश अभियोगमा सफाइ दिएर उनलाई सन् २०१७ मा कारागारमुक्त गरिएको थियो । 

देशका चौथा राष्ट्रपति बन्नुअघि उनले बम्बर पाइलटका रूपमा इजिप्टको वायुसेनामा काम गरेका थिए । सन् १९७३ मा भएको अरब–इजरायल युद्धमा उनी कमान्डर थिए । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्