नेकपा सचिवालय बैठक भोलि बिहान, यी हुन् एजेण्डा

सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बिहान बस्ने भएको छ। 

बुधबार बिहान सवा ११ बजे डाकिएको बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेकपा कार्यदलको प्रतिवेदन, उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने र तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसन मागेको अडियो प्रकरण लगायत विषयमा छलफल हुनेछ।


Advertisement

स्रोतका अनुसार केही सचिवालय सदस्यले संविधान संशोधन गर्न बनेको विवादित कार्यदलबारे प्रश्न उठाउने तयारी गरेका छन्

नेकपा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले एमसीसीबारे अध्ययन गरेर यसअघि नै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनमाथि पछिल्लो पटक बसेको सचिवालय बैठकमा समेत छलफल भएपनि निर्णय भने भएको छैन। 


Advertisement

यसैगरी, बाँस्कोटामाथि पार्टीले पनि छानबिन गर्नुपर्ने माग समेत पार्टीभित्रै उठिरहेको छ।  

नेकपा सचिवालयको पछिल्लो बैठक  १० फागुनमा बसेको थियो।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्