×

NMB BANK
NIC ASIA

स्थानीय तहका पदाधिकारीले अब तलब होइन सुविधा पाउने

फागुन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारीले सेवासुविधा पाउने बाटो खुला भएको छ। 

Muktinath Bank

यसअघि मासिक तलब पाउँदै गरेकोमा सर्वाेच्च अदालतले रोक लगाएपछि पदाधिकारी अन्यौलमा थिए। तर, बागमती प्रदेश सरकारले ऐन संशोधन गरेर भक्ताको रुपमा सेवा सुविधा प्रदान गर्ने तयारी गरेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बागमती प्रदेशको मन्त्रिपरिषद्को मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशकोे १३ जिल्लाका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन संशोधन गर्ने निर्णय गरेको छ।


Advertisment
Nabil box
Kumari

पहिले बागमती प्रदेशले स्थानीय तहका जनप्रतिनिधिलाई तलब भनेर कानून बनाएर दिए पनि अब भने भत्ताका रुपमा मात्र सुविधा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले बताए।

Vianet communication
Laxmi Bank

उनका अनुसार सर्वोच्च अदालतले छवटा प्रदेशका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउँदै आएको तलब लिन नपाउने फैसला गरेपछि रोकिएको सुविधा अब वाग्मती प्रदेशका पधाधिकारी तथा सदस्यले पाउने भएका छन् । प्रदेशसभामा यो ऐन संशोधन भएपछि स्थानीय तहका जनप्रतिनिधिले सुविधा प्राप्त गर्नेछन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेस गरेको स्थानीय तहका पधाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न लागिएको बताइएको छ। विभिन्न शीर्षक दिएर प्रदेशको जिल्ला समन्वय समिति, महानगरपालिका, नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिलाई सुविधा दिन लागिएको जनाइएको छ।

यसैगरी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेस गरेको सेठघर हात्तीसार कार्यालय हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x