×

NMB BANK
NIC ASIA

हिजो दिनभर : ओलीलाई संसदमा उपस्थितिको लागि ‘रुलिङ’ गर्न कांग्रेसको माग, क्वारेन्टाइनका नेपाली भन्छन् - हामी खुसी छौं

फागुन १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गगन थापाको कटाक्ष : प्रधानमन्त्रीज्यू, नेकपा र देशको स्वास्थ्यका लागि स्वास्थ्यलाभ गर्न गइदिनुस् 

Sagarmatha Cement
Muktinath Bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले घुमाउरो पारामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सत्तारूढ नेकपा र सरकारलाई स्वस्थ राख्न प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभ गर्न गइदिन आग्रह गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

थापाले प्रधानमन्त्री ओलीले राजसी ठाँटमा जन्मदिन मनाएको प्रसङ्ग उल्लेख गर्दै भने, ‘तपाईंले २०६०/६१ तिरको ज्ञानेन्द्रको न्यास्रो मेटाइदिनुभयो । यो सबै थाहा पाउनुभएको छ भने पाप हो, थाहा पाउनुभएको छैन भने असक्षमता हो । तपाईंसँग संख्या होला तर वैधानिक क्षमता गुमाउनुभएको छ । त्यसैले नेकपा र सिंगो देशको स्वास्थ्यका लागि स्वास्थ्यलाभ गर्न गइदिनुस् ।’

Vianet communication
Laxmi Bank

थापाले सभामुखलाई प्रधानमन्त्रीलाई संसदमा उपस्थित गर्न रुलिङ गर्न आग्रह गरे । ‘गोकुल बाँस्कोटा र मिश्रबीच वार्तालापको अडियो हामीले सुन्यौं,’ उनले भने, ‘प्रधानमन्त्रीसँग संसदमा उभिएर आँखामा आँखा जुधाएर हाम्रो प्रश्नको उत्तर दिने हिम्मत छ कि छैन ? प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्न आग्रह गर्छु ।’ 

थापाले गोकुल बाँस्कोटा प्रधानमन्त्रीको तुलोमा बस्ने मान्छे भएकाले यति ठूलो मोलमोलाइ गर्दा प्रधानमन्त्रीलाई थाहा नभएको हुनै नसक्ने तर्क गरे । ‘यो सबै थाहा छैन भने प्रधानमन्त्रीलाई के थाहा छ ?’ थापाको प्रश्न थियो, ‘प्रेसको मात्र होइन, स्याटेलाइट खरिद लगायत सबै ठेक्काका बारेमा प्रधानमन्त्रीलाई सबै थाहा थियो, अहिले आफू फस्ने भएपछि बाँस्कोटालाई बलिको बोको बनाउनुभएको हो ।’

संसदमा ४ मिनेट बोलेका थापा प्रधानमन्त्रीप्रति निकै आक्रामक देखिएका थिए । ‘भ्रष्टाचारीको अनुहार नहेर्ने प्रतिबद्धता व्यक्त गर्ने प्रधानमन्त्री बस्ने बालुवाटारमा ऐना छ कि छैन भनेर जनताले सोध्दैछन्,’ थापाले भने, ‘तपाईंकै कार्यकर्ताहरूले संसद भवनको लबीमा भेट्दा भन्छन् – पहिला समाजवादी हुनुहुन्थ्यो, अहिले यतिवादी हुनुभयो ।’

सबभन्दा बढी वायु प्रदूषण भएका देशको सूची जारी, नेपाल आठौं स्थानमा

संसारमा सबभन्दा खराब वायु प्रदूषण भएका मुलुकको सूची आईक्यूएयर नामक संस्थाले सार्वजनिक गरेको छ । सूचीमा नेपाल आठौं स्थानमा छ । 

देशहरूको सूचीका साथै वायु प्रदूषण भएका शहरहरूको सूची पनि उक्त संस्थाले जारी गरेको छ । उक्त संस्थाको ताजा सूचीमा काठमाडौं पाँचौं स्थानमा छ । 

उक्त सूचीमा छिमेकी मुलुक भारत तेस्रो स्थानमा छ भने चीन १२ औं स्थानमा छ । 

विश्वका सबभन्दा बढी प्रदूषित ३० शहरमध्ये २१ व्टा भारतमै रहेको र शीर्ष १० मध्ये ६ शहर त्यहीँ रहेको आईक्यूएयर एयरभिजुअसको २०१९ को वर्ल्ड एयर क्वालिटी रिपोर्टको आँकडामा देखिएको छ । 

दिल्ली सबभन्दा प्रदूषित शहर हो भने ढाका दोस्रो र लाहोर तेस्रो स्थानमा छ । दिल्लीको एयर क्वालिटी इन्डेक्स २४३ छ जुन स्वास्थ्यको स्तरभन्दा निकै धेरै हो । 

आईक्यूएयरका अनुसन्धाताहरूले मोनिटरिङ स्टेसनहरूबाट प्राप्त रिपोर्टका आधारमा आँकडा तयार पारेका हुन् । त्यसमा हावामा सूक्ष्म तत्त्व अर्थात् पार्टिकुलेट म्याटर (पीएम) को स्तर हेर्ने गरिन्छ । 

२.५ माइक्रोमिटरभन्दा साना माइक्रोस्कोपिक पार्टिकलहरू निकै हानिकारक मानिन्छन् किनकि ती साना भएकाले फोक्सो र कार्डियोभास्कुल प्रणालीमा गहिरो गरी पस्छन् । 

पीएम २.५ मा सल्फेट, नाइट्रेट र कालो कार्बन जस्ता प्रदूषक पाइन्छन् । यस्ता पार्टिकलले फोक्सो र मुटुको रोग ल्याउने र सोचविचार क्षमता तथा रोगप्रतिरोधक क्षमतालाई क्षतिग्रस्त गराउन सक्छन् ।
 

नेकपा प्रवक्ताको चेतावनीः गुटका आधारमा भविष्य देख्न छाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई गुटबन्दीबाट जोगाउँदै देश र जनताका पक्षमा सोचेर काम गर्नुपर्ने बताएका छन्।

पार्टी गण्डकी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा मंगलबार  पोखरामा उनले बहुमतको सरकार सञ्चालन गर्ने उद्देश्य मात्र पार्टी एकताको नरहेको स्पष्ट पार्दै शक्तिशाली कम्युनिष्ट पार्टीले देश र जनताका पक्षमा उल्लेख्य काम गर्न सक्नुपर्नेमा जोड दिए।

उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउँदै सामाजिक न्यायसहितको समृद्धिको वस्तुगत चाहनाले मात्र एकता सम्भव भएको हो। गुटबन्दीको संस्कारलाई अन्त्य गरी पार्टीलाई अघि बढाउनु आवश्यक छ । गुटका आधारमा भविष्य देख्न थालियो भने त्यो भुल हुनेछ।’

पार्टीका हरेक सदस्यले एकताको मर्म र भावअनुसार कम्युनिष्ट संस्कार र आचरण अनुसरण गर्नुपर्नेमा जोड दिँदै नेता श्रेष्ठले सरकारले केही कठिनाइका कारणले आशातित काम गर्न नसकेपनि अब जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी काम गर्ने र सरकारलाई सफल बनाइ छाडिने दृढता व्यक्त गरे।

पार्टीको पछिल्लो केन्द्रीय कमिटीको बैठकले तीनमहिने कार्ययोजना बनाएको जानकारी दिँदै उनले पार्टी, सरकार र जनताको सम्बन्धलाई जीवन्त बनाइने बताए।  

क्वारेन्टाइनका नेपाली भन्छन् - हामी खुसी छौं

सांसद महेश बस्नेतको टोलीले भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइन क्षेत्रको अनुगमन गरी चीनबाट फर्काइएका नेपालीसँग यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।

सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन आज त्यहाँ पुगेका सांसद बस्नेतले क्वारेन्टाइनभित्र रहेका नेपालीसँग त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीसँग सिसी क्यामराको माध्यमबाट भिडियो हेर्दै कुराकानी गरेका हुन् ।

सांसद बस्नेतसँगको कुराकानीमा क्वारेन्टाइनमा रहेका नेपालीहरुले सरकारले गरेको व्यवस्था सन्तोषजनक रहेको बताए । उनीहरूले आफू सुरक्षित भएको र आवश्यक परेको कुनै पनि सामान तुरुन्त पाउने गरेकाले सन्तुष्ट भएको बताए ।

सांसद बस्नेतसँग उनीहरूले यहाँबाट निस्किएर परिवारसँग भेट्ने दिनमा सरकारी निकायका व्यक्ति, जनप्रतिनिधिनै आएर बिदाइ गरी देशभर सकारात्मक सन्देश फैलाउने व्यवस्था गरिदिन पनि आग्रह गरेका थिए ।

क्वारेन्टाइनमा रहेका चीनबाट फर्किएका नेपालीले सरकारले गरेको व्यवस्थाप्रति खुशी भएको र यहाँको अवस्थामा कुनै पनि चिन्ता लिनुपर्ने र आत्तिनुपर्ने अवस्था नरहेको पूर्वमन्त्री एवं सांसद बस्नेतले बताए । उनलाई नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेलले यहाँको अवस्थाबारेमा जानकारी गराएका थिए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले भित्र रहेका नेपालीबाट कुनै पनि कुराको माग हुने बित्तिकै यहाँको सुरक्षाको नेतृत्व गरेका कर्णेल पौडेलले आफ्नै व्यक्तिगत खर्चसमेत गरेर भए पनि मागअनुसारको सामान पठाइदिने गरेको जानकारी गराए ।

न्यून गुणस्तरको पाइएपछि शालिमारसहित ३ सिमेन्ट र १ स्टिल कम्पनीलाई नापतौल विभागको कारवाही

गुणस्तर तोकिएको मापदण्डअनुसार नपाइएपछि शालिमारसहित ३ सिमेन्ट र एक स्टिल कम्पन्नीविरुद्ध नेपाल गुणस्तर तथा नापतौल विभागले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

विभिन्न मिति र स्थानमा गरिएको बजार अनुगमनका क्रममा शालिमार सिमेन्ट, रिलायन्स सुपरटेक सिमेन्ट, एमजेप्पी सिमेन्ट र अशोक स्टिलले तोकिएको गुणस्तरको मापदण्ड पूरा गरेको नपाइएपछि कानूनी कारवाही प्रक्रिया अघि बढाइएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

कारवाहीस्वरूप अशोक स्टिलको इजाजत पत्र रद्द गरिएको, शालिमार र रिलायन्स सुपरटेक सिमेन्टको इजाजत पत्र स्थगन गरिएको तथा एमजेप्पी सिमेन्टलाई स्पष्टीकरण सोधिएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

'यस विभागबाट विभिन्न मिति र स्थानहरूमा गरिएको बजार अनुगमनबाट संकलित नमूनाहरू विभागको प्रयोगशालामा परीक्षण गराउँदा प्राप्त परीक्षण नतिजा ने.गुण. अनुरूप नपाइएकाले नेपाल गुणस्तर (प्रमाण-चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० को नियम १६ अनुसारको कानूनी कारवाही प्रक्रिया अगाडि बढाइएको छ,' विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्थानीय तहको संख्या घटाउन र संविधान संशोधन गर्न संसदमै नेकपा सांसदको आह्वान

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शेरबहादुर तामाङले शासकीय स्वरुप परिवर्तन गरेर अगाडि बढ्नाको कुनै विकल्प नभएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकको विशेष समयमा पूर्व कानून, न्याय तथा संसदीय मामिलामन्त्री तामाङले खर्चिलो निर्वाचन प्रणालीले विकास थिलोथिलो भएको र भ्रष्टाचार मौलाएको जनाउँदै अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

निर्वाचन जितेपछि जनताप्रति होइन, निर्वाचन खर्चप्रति बफादार बन्नुपर्ने अवस्थाले भ्रष्टाचार मौलाउँदै गएकामा चिन्ता व्यक्त गर्दै उनले भने, ‘म हार्दिक आह्वान गर्दछु, प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ, संसद् पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा हुनुपर्छ ।’

विकास खर्चभन्दा साधारण खर्च ६० प्रतिशतले बढ्दै गएको जनाउँदै उनले संरचना घटाएर विकासमा खर्च गर्न सकिने बताए । महंगो शासकीय स्वरुप परिवर्तन गरी जनताको आकांक्षा सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

७५३ स्थानीय तहलाई घटाएर ३५० को हाराहारीमा बनाउन तथा राजधानीको विकास गर्न बृहत् काठमाडौं उपत्यका विकास प्राधिकरण बनाएर जानुपर्ने सुझाव पनि उनले दिए ।

बाँस्कोटा घुस बार्गेनिङ काण्ड : ओलीलाई संसदमा उपस्थितिको लागि ‘रुलिङ’ गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ बार्गेनिङ गरेकोबारे जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा उपस्थितिको लागि ‘रुलिङ’ गर्न माग गरेको छ ।

प्रधानमन्त्रीले सांसद र जनताको प्रश्नको जवाफ दिने सामर्थ्य नराखेपनि सदनले राख्नुपर्ने कांग्रेसको भनाइ छ ।

मंगलवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापाले ७० करोड बार्गेनिङ सम्बन्धमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे ।

‘सञ्चारमन्त्री र विजय मिश्रबीच भएको अडियोबारे प्रधानमन्त्री २ महिना अगावै जानकार हुनुहुन्थ्यो भन्ने दाबी समाचारमा आएका छन्, यसको बारेमा संसदमा आएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रा प्रश्नको जवाफ दिने हिम्मत प्रधानमन्त्रीज्यूसँग छ कि छैन ?’ उनले भने, ‘प्रधानमन्त्रीसँग हिम्मत छ कि छैन मलाई थाहा छैन सभामुख महोदय, तर संसदसँग यो हिम्मत हुनुपर्छ । ध्यानाकर्षण मात्र होइन सभामुख महोदय संसदले यो सामर्थ्य राख्नैपर्छ । सम्माननीय प्रधानमन्त्रीजी डाँडाकाडाँ डुलेर बस्ने होइन, तालतलैया हेरेर बस्ने होइन सदनमा आउनुपर्छ । यहाँ उभिनुपर्छ, हाम्रो प्रश्नको सामना गर्नुपर्छ । यहाँ बसेर उहाँलाई निम्छरो प्रश्न होइन, सही प्रश्न सोध्ने छौं ।’

सांसद थापाले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुनको लागि रुलिङ गर्न सभामुखसँग आग्रह गरे । त्यसअघि संसदको बैठकको शुरूमा कांग्रेस सांसद मीनेन्द्र रिजालले यो प्रसङ्ग उठाएपछि सभामुख अग्नि सापकोटाले यसबारे सदनको ध्यानाकर्षण भएको र लेखा समितिले छानबिन गरिरहेको बताएका थिए । 

सेक्युरिटी प्रेस, स्याटेलाइट खरिद लगायत सबै विषयमा प्रधानमन्त्री ओली जानकार नै रहेको सांसद थापाले दाबी गरे । ‘प्रधानमन्त्रीले के भन्नुहुन्छ थाह छैन तर आसेपासेले एउटै कुरा भनेका छन्, प्रधानमन्त्रीलाई केही थाहा थिएन । प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलामो राख्दा कसैले नभ्याउने अनि पधानमन्त्रीको भनाइका आधारमा काभ्रेले जन्माएको सर्वाधिक प्रतिभाशाली सरकारको प्रवक्ताको बारेमा तपाईंलाइ थाहा थिएन भनेर हामीले प्रत्याइदिनुपर्ने ? पत्याउने हो भने प्रधानमन्त्रीलाई हाम्रो प्रश्न हुन्छ – यो थाहा छैन भने तपाईंलाई के थाहा छ ?’ गगनले प्रश्न गरे । 

अप्टिकल फाइबर लगायत सबै कुरा थाहा भएपनि परिस्थिति नियन्त्रणबाहिर गएपछि गोकुल बाँस्कोटालाई बलिको बोको बनाइएको भनेर बाहिर टिप्पणी भइरहेको उनले दाबी गरे । 

प्रधानमन्त्रीले जवाफ दिने विश्वासमा सदनको गतिरोध हटाएको रिजालले बताएका थिए । समाजवादी पार्टीकी सरिता गिरीले ७० करोड बार्गेनिङबारे संसदीय छानबिन समिति र राजपाका प्रमोद साहले सदनमा प्रधानमन्त्रीको जवाफ माग गरेका थिए । 

शेयर बजारमा उछाल, ४३ अंकले बढ्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि भई ३२६.५६ मा पुगेको छ ।

नेप्सेको उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १८० कम्पनीको ७० लाख ५९ हजार ७१२ कित्ता शेयर रु दुई अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ मूल्य बराबरको शेयर कारोवार भयो ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर वृद्धि भएको छ ।  त्यसमा बैंकिङ १२.८९, व्यापार ४७.०९, होटल ११.२२, विकास बैंक ४४.४९, जलविद्युत् ४६.५१, वित्त १९.४२, निर्जीवन बीमा ३०७.०९, उत्पादन ११८.४२, अन्य ५१.०३, लघुवित्त ८३.४४, जीवन बीमा ६७३.४९ र सामूहिक लगानी कोष ०.०९ ले वृद्धि भयो ।

स्टकका अनुसार कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १६ करोड ३३ लाख ५१ हजार १६८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १४ करोड ३६ लाख १५ हजार १८२, शिखर इन्स्योरेन्स कम्पनी रु १० करोड ६५ लाख ३४ हजार ३६२, नेको इन्स्योरेन्स रु नौ करोड ४२ लाख ७७ हजार ५७९, एनएमबी बैंक रु नौ करोड ३५ लाख नौ हजार ६६६ र एनआइसी एशिया बैंकको रु नौ करोड सात लाख ५५ हजार ८५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाउँदा युनिलिभर नेपाल ९.९९, शिखर इन्स्योरेन्स ९.९८, र लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.९३ प्रतिशतले कमाए ।

त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ३.६३, प्रोगेसिभ फाइनान्स २.६७, रिलायन्स फाइनान्स २.६४, एभरेष्ट बैंक १.९२, एनआइब्एिल प्रगति फण्ड १.१७ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ०.७६ प्रतिशतले गुमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x