कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
फागुन १४, २०७६
प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले प्रहरी जवान र प्रहरी अधिकृतले एउटै मेसमा खाना खाँदा अनुशासन कायम हुने बताएका छन् ।
उपत्यकामा सञ्चालित प्रहरी संयुक्त मेस सुधार अभियानअन्तर्गत महानगरीय ट्राफिक प्रहरी कार्यलयका लागि बन्न लागेको नयाँ भवनको बुधवार बिहान शिलान्यास गर्दै डीआईजी पोखरेलले प्रहरी अधिकृत र जवानहरूले एउटै मेसमा खाना खाँदा सद्भाव बढ्नुका साथै अनुशान पनि कायम हुने बताएका हुन् ।
‘संगठनभित्रबाटै अधिकृत र जवानले एकै ठाउँमा खाना खान अप्ठ्यारो पर्ने र यसले मर्यादा कायम नहुने भन्दै आलोचना गर्दै आउनुभएको छ, तर यसले गर्दा अधिकृत र जवानहरूमा सद्भाव कायम हुने र अनुशासन कायम हुन्छ,’ पोखरेलले भने ।
डीआईजी पोखरेले प्रहरीमा आउने हरेक किसिमका नागरिकहरूको भावनाको कदर गर्न प्रहरी सक्षम हुनुपर्ने र राज्यको अभिन्न अंग प्रहरी भएको बताउँदै उच्च मनोबलका साथ कानून कार्यान्वयनमा कठोर बन्न निर्देशन समेत दिए ।
जनता र प्रहरी मिलेरै समाजका सबैखाले अपराध र विकृति/विसंगति अन्त्य गर्न सकिने उनको भनाइ थियो ।
ठूलो संख्यामा रहेका जवान र हवल्दारसहित चौबीसै घण्टा ड्यूउटीमा खटिने प्रहरी कर्मचारीहरूलाई गुणस्तरीय खाना, सफा मेस तथा ब्यारेक भवन लगायतका सेवासुविधा उपलब्ध गराए मात्र प्रहरीबाट हुने सेवाप्रवाह अझ बढी स्तरीय र प्रभावकारी हुने अपेक्षा रहेको डीआईजी पोखरेलले बताए ।
वाशिङ मेसिन हस्तान्तरण
प्रहरीलाई सक्षम र आधूनिकीकरण गर्न, प्रहरीलाई स्मार्ट बनाउन र काममा छिटोछरितो बनाउनका लागि महानगरीय प्रहरी कार्यालयले महानगरीय ट्राफिक महाशाखालाई लूगा धुने वाशिङ मेसिन हस्तान्तरण गरेको छ ।
हरेक दिन धूलोधूवाँले गर्दा ट्राफिक प्रहरीका कपडाहरू छिट्टै फोहोर हुने र यसलाई हातले धुँदा धेरै समय जाने भएकाले छिटोछरितो र प्रविधियुक्त प्रहरी बनाउनका लागि पहिलो चरणमा एउटा वाशिङ मेसिन हस्तान्तरण गरिएको डीआईजी पोखरेलले बताए ।
वाशिङ मेसिनले गर्दा ट्राफिक प्रहरीको काजमा सहज हुने भएकाले सहयोगका लागि महानगरीय प्रहरी कार्यलयलाई ट्राफिक महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमदत्त ढकालले धन्यवाद दिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...