कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
फागुन १४, २०७६
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मातातीर्थको करीब १ सय ७३ रोपनी जग्गा मोहीलाई दिने भनी आफू नेतृत्वको मन्त्रिपरिषद्को निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशोधपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर भट्टराईले मातातीर्थको जग्गा आफ्नो मन्त्रिपरिषद्ले कुनै भूमाफियालाई नभई गरीब जोताहा किसानलाई दिएको बताएका हुन् । फागुन ३ गते संसद्लाई सम्बोधन गर्ने क्रममा ओलीले मातातीर्थको जग्गा छानबिन गरेर फिर्ता ल्याउने बताएका थिए ।
‘म हिजो मात्र त्यसक्षेत्रमा गएर आए, प्रधानमन्त्रीको अभिव्यक्तिपछि छाप्रोमा बसेको गरीबहरू सुतेका छैनन्, विद्यार्थीहरू स्कूल जान सकेका छैनन्,’ भट्टराईले भने ।
आफू प्रधानमन्त्री रहेको समयमा तत्कालीन मन्त्री पोष्टबहादुर बोगटी संयोजकत्वमा रहेको कानून समितिले गरेको सिफारिशका आधारमा सरकारले गरीबहरूलाई जग्गा दिने निर्णय गरेको भन्दै भट्टराईले त्यसको नैतिक जिम्मेवारी लिने बताए । २०६९ साल कात्तिक १४ गते सो निर्णय भएको थियो ।
‘प्रधानमन्त्रीले संसद्मा बोलेको कुरा प्रतिशोध हो कि, असहिष्णुता हो कि निषेध गर्ने प्रवृत्ति हो बुझ्न सकिएन,’ उनले भने ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...