×

NMB BANK
NIC ASIA

गैरकानूनी रुपमा बढी भार बोक्ने भारतीय ट्रक प्रहरी नियन्त्रणमा

फागुन १४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

गैरकानूनी रूपमा भारतबाट नेपाल भित्रने मालबाहक ट्रक नियन्त्रणमा लिन मकवानपुर ट्राफिक प्रहरीले तदारुकता देखाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

दैनिक रुपमा सयौंको संख्यामा गैरकानूनी रूपमा बढी भार बोकेर भित्रिने मालबाहक ट्रकलाई नियन्त्रणमा लिन ट्राफिक प्रहरीले चासो देखाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भन्सार नाकाबाटै भारतीय ट्रकलाई भार मिलान गरी प्रवेश गर्न दिनुपर्ने यातायात व्यवसायीहरूले लामो समयदेखि माग गर्दै आएपनि त्यसको सुनुवाइ हुन सकेको थिएन । ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय र व्यवसायीहरूले संयुक्त रूपमा गैरकानूनी रूपमा नेपाल भित्रिरहेको सवारीलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएका हुन् ।


Advertisment
Nabil box
Kumari

विशेषगरी भैरहवा भन्सारबाट छिरेका कैयौं मालबाहक भारतीय ट्रकलाई ट्राफिक प्रहरीले हेटौंडामा नियन्त्रणमा लिई कारबाही गरेको छ । मंगलवार झण्डै ४ दर्जनभन्दा बढी भारतीय मालबाहक ट्रकलाई जरिवाना तिराएर छाडिएको छ । तोकिएभन्दा बढी भार बोकी नेपाल छिरेका भारतीय ट्रकहरूले नेपालका विभिन्न स्थानमा सामान्य जरिवाना तिर्दै छुट्ने गरेकोमा मकवानपुर ट्राफिकले भने नियन्त्रणमा लिई यातायात व्यवस्था सेवा कार्यालयलाई बुझाएको छ । विभिन्न समयमा व्यवसायीहरूको विरोधपश्चात् विराटनगर र वीरगन्ज नाकामा कडाइ गरिएपछि अन्य नाकाबाट भने भारतीय ट्रकहरू भित्रिरहेका छन् ।

Vianet communication
Laxmi Bank

‘भारतबाट भित्रने ट्रकहरूले विगतमा नेपालका भन्सारसम्म र नियमबमोजिम भन्सारदेखि १५ किलोमिटरसम्म मात्र सामान ल्याउने गरेको र त्यसपछि नेपाली ट्रकले नै देशका विभिन्न स्थानमा सामान ढुवानी गर्दै आइरहेको थियो तर केही वर्षयता भारतीय ट्रकले नै नेपालमा निर्बाध रूपमा सामान बोकेर पुग्ने गरेका छन्,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले भने । उनले नेपाल–भारत पारवहन सम्झौताअनुसार टुक्र्याउन नमिल्ने र ओराल्दा बिग्रने मेसिनरी औजारबाहेक नेपालको भन्सार नाकाबाट १५ किलोमिटर भित्रसम्म पर्ने औद्योगिक कोरिडोरसम्म मात्रै मालबाहक सवारी आउन पाउने व्यवस्था रहेको बताए । त्यो सीमा नाघेर आउने भारतीय ट्रकलाई कारबाही गरिएको उनले बताए ।

विशेषगरी रौतहट, धनुषा लगायतका जिल्लामा सञ्चालित इँटाभट्टाका लागि कोइला बोकेका भारतीय ट्रकहरू हेटौंडामा नियन्त्रणमा लिइएको छ । यसअघि विराटनगर, वीरगन्ज नाकाबाट समेत भारतीय ट्रकहरू नेपाल प्रवेश गर्ने गरेकोमा हाल उक्त नाकामा कडाइ गरिएपछि भैरहवा नाकाको प्रयोग गरेका हुन् । नियन्त्रणमा लिइएका भारतीय ट्रकहरूले नेपालको कानुनमा तोकिएभन्दा ५ देखि १० टनसम्म बढी भार बोकेका छन् ।

नियन्त्रणमा लिएका सवारीहरूले बढी भार बोकेबापत् जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवामा एक हजार रुपैयाँ मात्रै जरिवाना तिरेर छुटेको रसिद फेला परेको छ । मालबाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ अनुसार नेपालमा गुड्ने मालबाहक सवारीले क्षमताअनुसार बढीमा २४ टनसम्म मात्र सामान बोक्न पाउने व्यवस्था रहेको छ ।

निर्देशिकाअनुसार तोकिएभन्दा बढी भार बोक्ने सवारीलाई जरिवानाका साथै बढी भएको सामान झारेर मात्र पठाउनुपर्ने हुन्छ । उक्त कानूनविपरीत भैरहवादेखि हेटौंडासम्म करिब २ सय किलोमिटर आउँदासमेत बाटोमा रहेका ट्राफिक पोस्टहरूले कानुनविपरीत भित्रिएका ट्रकलाई निर्बाध चल्न दिएका छन् ।

बढी भार बोकेर नेपाल छिरेका भारतीय ट्रकहरूका कारण नेपाली व्यवसायी मारमा परेको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले बताए । उनले कानूनविपरीत भित्रने भारतीय ट्रकलाई नाकामै रोक्नुपर्ने माग गरे ।

‘यातायात क्षेत्र नेपालीहरूको सबैभन्दा बढी लगानी भएको क्षेत्र हो । भारतीय सवारीका कारण हामी निकै लामो समयदेखि समस्या रहेका छौं । सवारीको बैंकमा किस्ता तिर्न समेत समस्या परिरहेको छ,’ श्रेष्ठले भने, ‘कानूनविपरीत बढी भार बोकेर नेपाल छिर्ने भारतीय ट्रकका कारण सडक जीर्ण हुनुका साथै सवारी दुर्घटना समेत बढिरहेको छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x