गुल्मीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
बाग्लुङ निसिखोला गाउँपालिका घर भई गुल्मी रुरु गाउँपालिका ४ चौतारा बस्दै आएका २३ वर्षीय तिलबहादुर बुढा पक्राउ परेका हुन्।
बुढाले ती बालिकालाई बलात्कार गरेको भनेर खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लोकान्तर संवाददाता