पूर्वकप्तान पारस खड्काको रोजाइमा ‘एक्सयूभी ३००’

 नेपाली क्रिकेट टीमका पूर्वकप्तान पारस खड्कालाई नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।

खड्कालाई ब्रान्ड एम्बेसडर घोषणा गर्न काठमाडौंमा आयोजित समारोहमा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले सहकार्यको घोषणा गर्दै ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड विजेता गाडी एक्सयूभी ३०० खड्कालाई हस्तान्तरण गरे।


Advertisement

अलराउन्डर क्रिकेटर खड्का, राइटह्यान्डेड ब्याट्सम्यान, राइटआर्म मिडियम फास्ट बलर तथा अफ बेक बलर हुन्। अग्नि ग्रुपद्वारा आफूलाई अग्नि इन्कर्पोरेटेडको ब्रान्ड एम्बेसडर घोषणा गरिएकोमा क्रिकेटर खड्काले खुशी प्रकट गरे। ‘अग्नि ग्रुपसँग मेरो सदैव असल सम्बन्ध रहेको छ, म यो ग्रुपको डिस्ट्रिब्युटरसीप रहेको मोटरसाइकलको यसअघि नै ब्रान्ड प्रवद्र्धक रहिसकेको छु’ खड्काले भने,  ‘अग्नि ग्रुपसँगको मेरो सम्बन्ध २०६३÷६४ साल (सन् २००६–७) देखिकै हो।’

आफ्नो पेशागत कारणले एसयूभी गाडी सदैव प्राथमितकताको सूचीमा पर्ने गरेको खड्काले बताए । ‘मेरो पेशागत कारणले एसयूभी (स्पोर्टस युटिलिटी) गाडी सदैव मेरो प्राथमिकता सूचीमा पर्दै आएको छ, जहाँसुकै जाँदा पनि यसमा मैले मेरो थप भारी लगेज लैजान सक्छु,’ खड्काले भने, ‘त्यसैले म सवारी साधनका रूपमा सुरक्षा, आरामदायी र विश्वसनीयता हेर्ने गर्छु । सुरक्षित र शानदार फाइभस्टार रेटिङयुक्त महिन्द्राको एसयूभी एक्सयूभी ३०० आफूले प्राप्त गर्दा म अत्यन्तै प्रफुल्लित छु ।’


Advertisement

यसअघि १० जेठमा अग्नि ग्रुपले पूर्वमिस नेपाल शृङ्खला खतिवडालाई तीन वर्षका लागि ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरिएको थियो। पारसलाई दुई वर्षका लागि ब्रान्ड एम्बेसडर घोषणा गरिएको हो । 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्